फिफा विश्वकप फुटबलको पहिलो खेल इक्वेडरले जितेको छ । विश्वकप आयोजक टिम कतारलाई २–० गोलले हराउँदै इक्वेडरले पहिलो खेल जितेको हो ।
इक्वेडरका भ्यालेन्सियाले १६ औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । भ्यालेन्सियाले नै ३१ औँ मिनेटमा गोल गरेर टिमलाई २–० गोलको अग्रता दिलाए । योसँगै कतार विश्वकप २०२२ मा पहिलो गोलकर्ता बनेका छन् भ्यालेन्सिया ।
चौंथो पटक विश्वकप खेलिरहेको इक्वेडरले पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध पहिलो हाफमै दुई गोल गरेको थियो । तर त्यसपछि दुवै टिमले मौका पाएर पनि गोल गर्न सकेनन् ।
आयोजक राष्ट्र कतारले पहिलो खेलमै हार बेहारेको छ । योसँगै पहिलो खेलमा हार बेहोर्ने आयोजक राष्ट्र कतार बनेको छ ।
विश्वकप फुटबलमा आज तीन खेल हुँदै
कतारमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुँदै छन् । आज समूह ‘ए’ को एक र समूह ‘बी’ को दुई खेल हुन लागेका हुन् । सोमबार हुने पहिलो खेलमा इंग्ल्याण्ड र इरानले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टिमबीचको खेल नेपाली सयअनुसार बेलुका ६ः४५ बजे सुरु हुनेछ ।
समूह ‘बी’ मा रहेको इंग्ल्याण्ड र इरान जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । हालसम्म इंग्ल्याण्डले एकपटक विश्वकप जितेको छ । समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सले खेल्नेछन् । अमेरिका–वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
त्यस्तै, समूह ‘ए’ अन्तर्गत सेनेगल र नेदरल्याण्ड्सबीच खेल्दैछन् । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।