सिधाखबर \ मकवानपुर क्षेत्र २ को प्रदेश सभा (२)का निर्वाचित गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले यो जीत आफ्नो नभई जनताको जीत भएको बताएका छन् ।
विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेता बानियाँले भने न्यायमुखी, सेवामुखी र जनतामुखी भएर काम गर्नाले जीत हासिल हुन्छ र गठबन्धनप्रति सम्मान व्यक्त गर्दछु, आस्था र विश्वासगरी आत्मदान स्वरुप जुन मतदान गरेका छन् जनताले आफु पाँच वर्ष जनताको सेवामा नै तल्लीन हुने बताए ।
उनले चेपाङ समुदाय मेरो भगवान हुन घरदैलोमा नपुग्दा पनि आफुलाई मतदान गर्नुभएको जसको कारण आफु विजयी भएको बताए । जब सम्म जनताको सेवा गरी जनताको काम गर्दै जनतामा खुसी ल्याएपछि मात्रै आफुले विजयी जुलुस निकाल्ने बताए । जनताको काममा सफलतामा पुग्छु अनि मात्रै विजय जुलुस निकाल्ने बताए ।
उनले प्रदेशभित्र ३५ सय पनि नपर्ने गरि स्वास्थ्य विमा कार्यक्रम, आर्थिक कमजोरीहरुको लागि १० हजार घर निर्माण, १२ सम्म गरिब, जेहेन्दार विद्यार्थीलाई निशुल्क पठाउने, प्रदेश राजधानी हेटौंडामा एयरपोर्ट बनाउने, जनताप्रति सेवाभावका साथ काम गर्ने प्रतिवद्धता समेत गरेका छन् । पहिचान सहितको संघियतालाई आत्मसाथ गर्दै लोकतान्त्रिक प्रतिस्पर्धामा उत्रिनु भएका प्रतिस्पर्धीलाई पनि धन्यावाद दिदैं नेता बानियाँले भनेः आफु प्रदेशको सभापति भएको नाताले प्रदेशका केही स्थानहरुमा गठबन्धनका उम्मेदवारहरु पराजित हुनुमा हाम्रो गठबन्धनको कमजोरी रहेको बताए ।
कांग्रेसकै उम्मेदवार किन पारिजत भए भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता बानियाँले भनेः जनताले व्यवस्था फेर्न सक्छन्, मन परिवर्तन गर्न सक्छन्, जनता मनको परिवर्तनको बहाक हुन् जनताले व्यवस्था फेर्ने सोचले जुन मतदान गर्नुभयो त्यसको नतिजा हामीले हाम्रा साथीहरु पराजित भएको भोग्नु परेको जनाए । उनले सिद्धान्त फरक हुदाँ गठबन्धनमा कहीँकतै लठबन्धन पनि हुँदो रहेछ त्यसलाई व्यवस्थापन गर्न नसक्नु हाम्रो कमजोरी रहेको बताए ।
नेता बानियाँले स्थानीय तहमा निर्वाचनमा सबै दलका नेता कार्यकर्ताले जुन वीउ माटोमा गाडेका थिए, सोही वीउ उम्रेर फुलेर अहिले सोही नेता कार्यकर्ताको आडमा विजयी प्राप्त गर्दा सबैले आफुले आफुलाई मम भनी सम्झन सबैलाई भनेका छन् ।