हेटौडा \ हेटौडाको गोरक्षश्वार राप्तीतटमा हरेक पाँच÷पाँच वर्षमा आयोजना हुदैं आएको महायज्ञ आगामी बैशाख १ गते देखी ७ गते सम्म हुने भएको छ । नयाँ वर्षको अवसरपारेर पाँच वर्षको अन्तरालमा आयोजना हुने महायज्ञलाई यस वर्ष पञ्चवर्षीय महायज्ञका रुपमा आयोजना हुने बताईएको छ । शनिबार हेटौडामा पञ्चवर्षीय महायज्ञ तयारीका लागी मुल समारोह समिति समेत चयन भएको छ ।
मुलसमारोह समितिको संयोजकमा उधोगपति समाजसेवी अजेयराज सुमार्गीलाई चयन गरीएको छ । गोरक्षश्वर क्षेत्र विकाश समितिका अध्यक्ष उत्तमशर्मा ढकालको अध्यक्षतामा भएको भेलाले सुमार्गीको मुल संयोजकत्वमा पञ्चवर्षीय महायज्ञको तयारी समिति समेत बनेको छ । हेटौडामा २०६० साल देखी हरेक पाँच वर्षमा आयोजना हुदै आएको महायज्ञ सुमार्गीकै मुल संयोजकत्वमा आयोजना हुदै आएको थियो । भेलाले अन्य विभिन्न समितिहरु चयनका लागी तयारी तिव्र रुपमा कार्यहरु अगाडी बढाउने बताईएको छ ।
नयाँ वर्षको दिन देखी आरम्भ हुने महायज्ञमा सवा ५ करोड दिप प्रज्वलन गरीने,खैजेडी भजन प्रतियोगिता गरीने लगाएतका धार्मीक कार्यहरु हुने अध्यक्ष ढकालले बताउनु भयो । भेलालाई सम्बोधन गर्दै महायज्ञ संयोजक सुमार्गीले यो कार्यले सिंगो मकवानपुर मात्र होईन राष्ट«लाई नै चिनाउन सहयोग पुग्ने बताउनु भयो । महायज्ञमा धार्मीक प्रवचन संगै बिभिन्न झाकीहरु प्रस्तुत हुने,हेटौडाको राप्तीतटलाई धार्मीकमय बनाउने लगाएतका कार्यहरु हुने उहाँले बताउनु भयो ।
महायज्ञले बिश्वसामु छुट्टै पहिचान बनाउन सफल हुने भन्दै उहाँले सबै मकवानपुरबासीहरुले सकेको तन,मन,धन लगाउन आग्रह समेत गर्नु भयो । भेलामा थाहा नगरपालिकाका पुर्व मेयर लवसेर विष्ट,उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, समाजसेवी अस्मिता सुमार्गी,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, मकवानपुरका व्यवसायीहरु,धार्मीक संघसंस्थाका प्रतिनिधिहरु लगाएतको सहभागीता रहेको थियो ।