सिधाखबर \ गत मंसिर ४ गते भएको आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा पुरानो अनुहार सहित नयाँअनुहार पनि निर्वाचित भएका छन् । पहिलो पटक निर्वाचित भएसँगै संघीय संसदमा आफ्नो उपस्थिती जनाउने भएका छन् । कोही नयाँ अनुहार अघिल्ला निर्वाचनमा पराजित भएका थिए भने केही पहिलो प्रयासमै निर्वाचित भएका छन् । यी हुन् संघीय संसदमा निर्वाचित नयाँ सांसदहरु ।
नेपाली कांग्रेस
विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, राजेन्द्र बजगाईं, श्यामकुमार घिमिरे, दुर्लभ थापा, ऐनबहादुर शाही, पूर्णबहादुर तामाङ, पुष्पबहादुर शाह, खमबहादुर गर्बुजा, योगेश गौचन थकाली, सन्तोष चालिसे, दिक्पालकुमार शाही, दिनेशकुमार यादव, विष्णुकुमार कार्की, डिल्लीराज पन्त र सुनीलकुमार शर्मा
नेकपा एमाले
महेश बस्नेत, अम्बरबहादुर रायमाझी, मानबहादुर राई, रामशंकर यादव, लक्ष्मी कोइरी, अच्युत मैनाली, महेश बर्तौला, प्रेमबहादुर महर्जन, मनबहादुर गुरुङ, दामोदर पौडेल बैरागी, नारायण आचार्य, ठाकुर गैरे, वासुदेव घिमिरे, सूर्य थापा, सूर्य ढकाल र तारा लामा तामाङ
राष्ट्रिय स्वतन्त्र पार्टी
रवि लामिछाने, सोविता गौतम, तोसिमा कार्की, हरि ढकाल, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र गणेश पराजुली
नेकपा (माओवादी केन्द्र)
माधव सापकोटा, लेखनाथ दाहाल, पूर्णबहादुर घर्ती र छिरिङ डम्डुल लामा
राप्रपा
दीपकबहादुर सिंह, धवलशमशेर जबरा, ध्रुवबहादुर प्रधान र ज्ञानेन्द्र शाही
जसपा
दीपक कार्की र नवलकिशोर साह सुडी
नागरिक उन्मुक्ति पार्टी
रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम चौधरी
जनमत पार्टी
सीके राउत
लोसपा
रामप्रकाश चौधरी
स्वतन्त्र
लालवीर चौधरी, किरणकुमार साह