सिधाखबर \ लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत हेटौंडामा लैंगिक हिंसा न्यूनिकरणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । विहीबार नेपाल पत्रकार महासंघ मकवानपुर र फ्री मिडिया नेटवर्कको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
महासंघका अध्यक्ष मणिराज गौतमको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सल्लाहकार निर्मला शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सञ्चारमाध्यमले लैंगिक हिंसाका विषयवस्तुलाई महत्वका साथ दिई हिंसाका विषयलाई आफ्नो सञ्चारमाध्यमबाट आम नागरिकलाई सुसुचित गराउन आग्रह गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, प्रहरी प्रमुख प्रहरी उपरिक्षक बामदेव गौतम, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारी,पत्रकार महासंघ बागमती प्रदेश पुर्व अध्यक्ष प्रताप विष्ट, गैसस महासंघका रमिला सापकोटा, महिला अधिकारकर्मी शर्मिला श्रेष्ठ लगायतले आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, माइती नेपालका प्रमुख माया लामा, हेटौंडा उपमहानगरकी कार्यपालिका सदस्य ईश्वरी रसाइली,पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, फ्री मिडिया नेटवर्कका प्रतिनिधि, महासंघका पूर्व अध्यक्षहरु, पत्रकार संगठनका अध्यक्षहरु पत्रकार, प्रहरीहरुको उपस्थिती रहेको थियो ।
सोही कार्यक्रममा मैत्रीपूर्ण फुटसलका विजेतालाई प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो । महिला पत्रकार र महिला सञ्जालबीच भएको खेलमा महिला सञ्जाल विजयी भएको थियो ।