हेटौडा \ हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शुक्रवार भएको छ । हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपानेको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मधुसुदन न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
सभामा संस्थाका अध्यक्ष मधुसुदन न्यौपानेले संस्थागत प्रतिवेदन, उपाध्यक्ष रामप्रसाद भट्टले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद पराजुलीले आर्थिक प्रतिवेदन र लेखा संयोजक रमेश कुमार पराजुलीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
सभामा ज्येष्ठ शेयर सदस्य डिल्लीमाया कुँवर, लक्ष्मण सापकोटा, असली कारोवारी प्रकाश पाण्डे, असली बचतकर्ता भुवानी शंकर लम्साल र बाल बचतमा शसांक श्रेष्ठ र संस्कृतिक धमलालाई पुरस्कृत गरिएको थियो ।
साधारणसभामा संस्थापक अध्यक्ष दिब्यराज धमला, जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य विजय बस्नेत, राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिना, मकवानपुर नमूना बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बद्री प्रसाद भण्डारी, सञ्चारकर्मी भीमसेन पौडेल, राजदेवी माविका प्रअ सानुकाजी पाण्डे, अशोक सामुदायिक वनका अध्यक्ष बलराम अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
५ सय ९७ जना शेयर सदस्य रहेको सहकारीले गत आवमा ४ करोड २८ लाखको कारोवार गरेको संस्था सचिव श्यामलाल श्रेष्ठले बताए ।