हेटौंडा \ नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिमा छलफल नै नगरी आफुलाई मात्रै चोख्याउन महासचिव कृष्ण सारु मगरले विज्ञप्ति जारी गरेको प्रति प्रदेशका उपाध्यक्ष रुपेश दुलालले असन्तुष्टी व्यक्त गरेका छन् ।
दुलालले शनिबार विज्ञप्ति जारी गर्दै मंसिर २०७९ मंसिर १८ गते हेटौंडा–२ स्थित पल्पसा सदनमा भएको घटना र त्यसपछिको घटनाक्रमका बारेमा संस्थागत रुपमा कुनै छलफल नगरी आफुलाई मात्रै चोख्याउन महासचिव मगरले एकपक्षीय रुपमा महासंघको नाम जोडेर विज्ञप्ति जारी गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा सम्पूर्ण घटनाक्रममा महासचिव मगर जोडिएको बताउँदै चौतर्फी दवाव आएको भन्दै आफुलाई मात्रै घटनाबाट अलग देखाउन महासंघ प्रदेश कार्यसमितिसंग छलफल बिनै विज्ञप्ति जारी गरिएकोमा दुलालले आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा ‘महासंघ प्रदेश समितिका संस्थापक अध्यक्ष, वर्तमान अध्यक्ष, २ जना उपाध्यक्ष मकवानपुरमै रहेको अवस्थामा हामीसंग वा प्रदेश समितिमा यसबारे कुनै छलफल नै नगरी, यसअघि छलफलमा सहभागीहरुसंग पुनः छलफल समेत नगरी महासचिव ज्यूले गुपचुप रुपमा विज्ञप्ति जारी गर्दै आफुलाई मात्रै घटनाबाट अलग रहेको देखाउन खोज्नु भएको प्रति मेरो आपत्ति छ ।
यसले घटनाको दोष प्रभावित दुई पत्रकारमाथि मात्रै लगाएर थप पिडा दिएको महसुस भएको छ । घटनामा आफु संलग्न रहेको भन्दै यसअघि विज्ञप्ति जारी गर्न आनाकानी गर्ने, सम्बन्धित निकायमा सहमति गर्ने क्रममा प्रत्यक्ष संलग्न हुने तर पछि आफुमाथि चौतर्फी दवाव आएको भन्दै सम्पूर्ण विषयलाई वेवास्ता गर्दै प्रदेश कार्यसमितिमा कुनै छलफल नगरी एक पक्षीय ढंगले कार्यसमितिलाई वेवास्ता गर्दै विज्ञप्ति जारी गर्नु महासंघ प्रदेश समितिको पदीय मर्यादाको दुरुपयोगको रुपमा लिएको अवगत गराउँछु ।’ भनिएको छ ।
उनले पत्रकारमाथि हुने सबै खाले दुर्व्यवहार निन्दनीय भएको र यसलाई सबै मिलेर न्यूनिकरण गर्न सम्बन्धित पक्षलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिंदै आफु केन्द्रित रही व्यक्तिलाई चोख्याउन महासंघ प्रदेश समितिको नाम जोडेर विज्ञप्ति जारी गर्दै घटनामा प्रभावित पत्रकारको उपचार र घटनाबारे साझा दृष्टिकोण बनाउने बारे वेवास्ता नगर्न सम्बन्धित सबैलाई आग्रह गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको ध्यानाकर्षण गराएका छन् ।
उपाध्यक्षले जारी गरेको विज्ञप्ती
महासचिव सहितकाले जारी गरेको विज्ञप्ती
महासचिव कृष्ण सारुमगर माथी भएको घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्र र जिल्ला शाखाले समेत विज्ञप्ती जारी गरि घोर भत्र्सना गरेको थियो ।