राइगाउँ \ मकवानपुरको पुर्वी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर १ राइगाउँको राइटोल क्षेत्रमा फराकिला खेतका फाँटहरु छन् । तराई भागमा पर्ने उक्त क्षेत्रमा सिंचाईको भने अभाव रहेको छ । नजिकबाट बागमती नदि बग्ने भएता पनि आकाशे पानीको भरमा खेती गर्छन् राईगाउँका किसानहरु ।
खेती गर्न आधुनिक प्रविधि भित्रिए पनि अधिकांश स्थानहरुमा राँगा जोतर खेतीपाती लगाउँछन् । साँघुरो तथा फराकिला दुबै खालका खेत भएता पनिगोरु र राँगाहरु जोतेर अन्नवाली लगाउने गर्दछन् । राइगाउँ बस्ने वर्ष ७२ का कैलाश कालिकोटे नाम बताउने एक वृद्धा एका विहानै खेतमा राँगा नार्छन र खेत जोत्न थाल्छन् । उनी भन्छन् पहिले हाम्रा पालामा गोरु जोतेर संसार खेती लगाउने गरिन्थ्यो अहिले राँगा जोतेर खेती लगाउने गरेको उनले बताए ।
हुन पनि परम्परागत रुपमा गोरुलाई खनजोत गर्न प्रयोग गरिन्छ । तराईका क्षेत्रहरुमा गोरुलाई गाढा तान्न समेत प्रयोग गरिन्छ । राइगाउँमा गाई भन्दा भैंसी पाल्ने गरेकाले घरमै पाडाहरुलाई पाल्ने र पछि खेतबारी जोत्न प्रयोग गर्ने गरेको कैलाश कालिकोटे बताउँछन् ।
दुई वर्ष अघि सम्म गोरु राँगा दुबैले जोत्ने गरेको थिए गोरु बेचेपछि राँगाले मात्र जोत्ने गरेको उनी सुनाउँछन् । ७२ वर्षको भएँ अझै जोत्न सकिरहेको छु, घरमा ४ जनाको परिवार छ राईगाउँमा, छोराहरुको ४ जना भने सिन्धुलीमा बस्छन् उतै खेती गर्छन् उनले भने ।
चार कठ्ठा खेतमा आफै खेतीपाती गर्ने गरेको र खेतमा मकै, धान, तोरी लगाउने गरेको उनले बताए । खेतमा उत्पादन त हुन्छ तर सिंचाई गर्न पानी र मलको समस्या रहेको दुखेसो पोखे । उनी भन्छन्ः नजिकबाट नदि बग्छ तर राईगाउँ सिंचाइमा भने पछि परेको बताए ।
उनी मात्रै होइन राईगाउँमा राँगा जोतेर खेती गर्ने ४१ वर्षका कमल राई पनि हुन् । हजुरबाको पालादेखी राँगानै जोत्ने गरेको उनी सुनाउँछन् । प्रविधिका साधनहरु गाउँमा भित्रिएपनि आफुहरु भने राँगा जोतेर खेती लगाउने गरेको बताए । घरमा घाँस पानी पनि हुने र खेती गर्न मल पनि हुने भएकाले राँगा पालिएको बताउँछन् ।
ट्याक्टरले प्रतिघण्टा दुई हजार देखी पच्चिस सय सम्म लिने गर्दछ हामीले राँगा जोत्दा ८ सय लिने गरेको बताउँछन् । विहान ६ बजे देखी साढे १० बजे सम्म जोत्ने गरेको बताउँदै आफ्नो खेती पनि जोत्ने ज्यालामा अरुको खेतहरु नि जोत्ने गरिएको बताउँछन् ।
बाँझो मात्र नभई धान लगाउने बेलामा समेत राँगा नै लगाउने गरेको बताए । २ विगाहा भन्दा बढी जमिन छ र ७ जनाको परिवार पाल्दै आइरहेको कलम राई बताउँछन् ।