हेटौंडा \ निर्वाचन आयोगका सचिव गोर्कणमणी दवाडीले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई प्रदेश सभा सदस्य निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु भएको छ । शनिबार प्रदेश प्रमुखको कार्यलयमा आयोजित कार्यक्रममा निर्वाचन आयोगका सचिव दवाडीले प्रदेश प्रमुख शर्मालाई बागमती प्रदेशको प्रदेश सभा सदस्य निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु भएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले भयरहित शान्त तथा निष्पक्ष निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई धन्यवाद दिनु भयो ।
यस्तो छ सचिव दवाडीले प्रदेश प्रमुखसामु पेश गर्नु भएको प्रतिवेदन
सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा २८ गते प्रकाशन गरी प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन मंसिर २९ गते परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा गत मंसिर प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको सम्माननीय राष्ट्रपतिसमक्ष पेश गरिसकेको छ ।
प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष र प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष को परिणमसहितको प्रतिवेदन माननीय प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरिएको छ । निर्वाचित प्रदेश सभा पठाउनुपर्ने प्रावधान बमोजिम आयोगबाट आज पुस २ गते बागमती प्रदेश सभा सदस्य निर्वाचन, ०७९ सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार बागमती प्रदेशको प्रदेश सभातर्फ ११० जना निर्वाचित हुनुभएको छ । जसमा पुरुष ७० जना (६३.६३ प्रतिशत) र महिला ४० जना (३६.३७ प्रतिशत) निर्वाचित हुनुभएको छ ।
बागमती प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ५८८ र महिला ८० गरी कूल ६६८ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीमा कूल ७५४ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।
प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि बागमती प्रदेशमा महिला १७ लाख ३३ हजार ३७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कूल ३४ लाख ७१ हजार ४९२ मतदाता कायम रहेका थिए। निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २१ लाख ४ हजार ५७८ (६०.६२ प्रतिशत) मतदान भएको थियो जसमध्ये २० लाख २७ हजार ६४९ (९६.३४ प्रतिशत) मत सदर भएको थियो भने ७६ हजार ९३८ (३.६६) प्रतिशत मत बदर भएको थियो ।
सोही सभाको समानुपातिक निर्वाचनमा २० लाख ९९ हजार १०७ (६०.४७ प्रतिशत) मतदान भएको थियो जसमध्ये १९ लाख ७३ हजार ४७४ (९४.०१ प्रतिशत) मत सदर भएको थियो भने १ लाख २५ हजार ६३३ (५.९९ प्रतिशत) मत बदर भएको थियो ।
प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था बमोजिम प्रदेश सभातर्फ बन्दसूची पेश गर्ने दलमध्ये बागमती प्रदेशमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । यस प्रदेशमा १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ४१७ र महिला उम्मेदवार ६७ जना गरी कूल ४८४ जनाको धरौटी जफत भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १.५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्था अनुसार बागमती प्रदेशमा ७ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ३७ वटा राष्ट्रिय संस्थाका ७ हजार ५५३ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको थियो । यसैगरी, भारत, भुटान, बंगलादेश, माल्दिभ्स र दक्षिण कोरियाका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा पदाधिकारीहरू, जापानका विदेश राज्यमन्त्री र नेपालस्थित १८ वटा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूले समेत निर्वाचनको पर्यवेक्षण तथा अवलोकन गर्नुभएको थियो ।
नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मानव अधिकार, मौलिक हक, वालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा भव्यरूपमा सफलतापूर्वक सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा भाग लिई मताधिकारको प्रयोग गर्नुहुने सम्पूर्ण मतदाताहरूप्रति आयोग हार्दिक आभार प्रकट गर्दछ ।
निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा संलग्न भई महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता, अन्तर्राष्ट्रिय समुदाय, निजी क्षेत्र, गैरसरकारी एवं सामुदायिक संस्था, नागरिक समाज लगायत सबै निकाय, क्षेत्र र समुदायप्रति आयोग धन्यवाद व्यक्त गर्दछ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सूचना, सञ्चार र समाचारमार्फत निरन्तर सकारात्मक खबरदारी गर्ने, मतदातालाई सुसूचित गरी निर्वाचनको कार्यमा सरिक हुन प्रेरित गर्ने तथा निर्वाचनका गतिविधिहरूको निरन्तर रिपोर्टिङ र पृष्ठपोषणको माध्यमबाट निर्वाचनको उपयुक्त वातावरण सिर्जना गर्न निरन्तर सहयोग गर्ने सम्पूर्ण आम सञ्चारमाध्यम एवं सञ्चारकर्मीहरूप्रति आयोग विशेष धन्यवाद ज्ञापन गर्दछ ।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेश सभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा दलहरुले प्राप्त गरेको मत र सिट संख्या
नेपाल कम्युनिष्ट पार्टी एमालेले ६ लाख ५ हजार ३५१ मत पाएको थियो भने यसमा ३२.३९ प्रतिशत मत र १४ सिट पाएको छ । सिट प्रतिशतमा ३१.८२ प्रतिशत रहेको छ । यस्तै नेपाली काँग्रेसले ५ लाख ९ हजार १९७ मत पाएको थियो भने यसमा २७.२४ प्रतिशत मत र १२ सिट पाएको छ । सिट प्रतिशतमा २७.२७ प्रतिशत रहेको छ । यस्तै एकल निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया हथौडा लिएका नेकपा माओवादीले २ लाख ९० हजार ७२३ मत पाएको थियो भने यसमा १५.५५ प्रतिशतमत र ७ सिट पाएको छ । सिट प्रतिशतमा १५.९१ प्रतिशत रहेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७७ हजार २३५ मत पाएको थियो भने यसमा १४.८३ प्रतिशतमत र ६ सिट पाएको छ । सिट प्रतिशतमा १३.६४ प्रतिशत रहेको छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ६९ हजार ८४६ मत पाएको थियो भने यसमा ३.७४ प्रतिशत मत र २ सिट पाएको छ । सिट प्रतिशतमा ४.५५ प्रतिशत रहेको छ ।
यस्तै नेपाल मजदुर किसान पार्टीले ६८ हजार ८ सय २२ मत पाएको थियो भने यसमा ३.६८ प्रतिशतमत र २ सिट पाएको छ । सिट प्रतिशतमा ४.५५ प्रतिशत रहेको छ । र हाम्रो नेपाली पार्टीले ४७ हजार ९६२ मत पाएकोमा २.५७ प्रतिशत रहेको छ भने सिट संख्या एक र २.२७ सिट प्रतिशत रहेको छ ।