हेटौडा–६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको भेलामा संस्थाकी कार्यवाहक अध्यक्ष राधिका गौतमको सभाध्यक्षता रहेको थियो भने कार्यक्रमका मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य दिपकबहादुर सिंहको प्रमुख आतिथ्यता रहेको थियो।
साधारणसभामा संस्थाकी कार्यवहाक अध्यक्ष राधिका गौतमले संस्थागत प्रतिवेदन, सचिव देव कुमारी डंगोलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शर्मिला ढकालले आर्थिक प्रतिवेदन, लेखा सदस्य श्रीदेवी दुलालले लेखा समितिको प्रतिवेदन र ऋण समिति सदस्य सविना गुरुङले ऋण उपसमितिको प्रतिवेदन र ब्यवस्थापक मोद कुमारी दहालले चालु आव २०७९।०८० को लागि २ करोड ७४ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।
सभामा ज्येष्ठ सदस्य हिरादेवी श्रेष्ठ, नियमित बचतकर्ता सृष्टि विक। असली कारोवारी धनमाया राई, बाल बचतमा सलमी रम्तेललाई पुरस्कृत गरिएको थियो । यसैगरी संस्थाको विकासमा सहयोग गर्ने पवित्रा अर्याल, कमला श्रेष्ठ, चण्डीका ढकाल र ज्ञानिन्द्र अर्याललाई समेत सम्मानित गरिएको थियो ।
कार्यक्रममा हेटौडा–६ का कार्यवाहक वडाअध्यक्ष विजय पौडेल, नारी चेतना केन्द्रकी संस्थापक अध्यक्ष प्रतिभा सुवेदी, नारीचेतना केन्द्रकी अध्यक्ष सृजना पौडेल,सचिव शान्ति लामा, कोषाध्यक्ष कल्पना बस्नेत, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य हिमाल पौडेल, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, रानी सामुदायिक वनका सचिव नानीमाया रुम्वा, प्रगतिशिल महिला आपसी विकास संस्थाकी ब्यवस्थापक कल्पना पराजुली,सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो।