हेटौंडा \ डिभिजन वन कार्यालयद्वारा हेटौंडामा सरसफाई बागमती प्रदेश सरकारको शहर सफा गर्ने अभियान अन्तर्गत डिभिजन वन कार्यालय मकवानपुरले हेटौंडा बजारको बाइपास सडक सरसफाई गरेको छ । शनिबार राम मन्दिर चोक देखि चाइनाक्वाटर गेटसम्मको क्षेत्र सरसफाई गरेको हो ।
कार्यलयले हेटौडा उपमहानगरपालिका र सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको समन्वय तथा सहकार्यमा सरसफाई अभियान सञ्चालन गरेको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा डिभिजन वन अधिकृत शिव सापकोटाको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । मेयर लामाले प्रदेशको राजधानी सफा र स्वच्छ बनाउन जिल्लाबासीकै भूमिका महत्वपूर्ण हुने बताइन् ।
यस अभियानमा हेटौंडा उपमहानगरपालिका सहयोग गर्न सदैव तयार रहेको उनको भनाई थियो । प्रदेश राजधानीलाई सफा, स्वच्छ र हराभरा बनाउन यस अभियानले सहयोग पु¥याउने मेयर लामाले विश्वास व्यक्त गरिन् । सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी वल १४ नं गण, सामुदायिक प्रहरी सेवा केन्द्र, वडा कार्यालय, टोल विकास संस्था, अमर मावि, ज्ञानदा मावि, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका शिक्षक तथा विद्यार्थी, सामुदायिक वन समूह, वनका कर्मचारी तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।
उपमहानगरपालिकाले प्रत्येक हप्ताको शनिबार सरसफाई अभियान सञ्चालन गरिरहेको छ भने डिभिजन वन कार्यालय मकवानपुरले बागमती प्रदेश सरकारको सहयोगमा महिनाको एकदिन सरसफाई अभियान सञ्चालन गरिरहेको छ ।
सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी वल १४ नं गण,सामुदायिक प्रहरी सेवा ईकाइ केन्द्र,वडा कार्यालय,टोल विकास संस्था , अमर मावि,ज्ञानदा मावि, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका शिक्षक तथा विध्यार्थीहरु,सामुदायिक वन समूह,वन कर्मचारीहरु ,पत्रकार, स्थानीय समुदाय लगायतको सहभागीता रहेको डिभिजन वन कार्यालय मकवानपुरका सहायक बन अधिकृत बसन्तराज गौतमले बताउनु भयो ।