हेटौंडा \ बागमती प्रदेश कृषि विकास निर्देशनालयको आयोजनामा हेटौंडामा आर्थिक २०७९।८० को प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीको आयोजना गरिएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईको प्रमुख आतिथ्यता एवं कृषि विकास निर्देशनालयका प्रमुख भरतप्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा राज्यमन्त्री ईन्द्रमाया गुरुङ, मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कृषि विकास निर्देशनालय, कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र, कृषि ज्ञान केन्द्र चितवन, पुष्प विकास केन्द्र, वाली संरक्षण प्रयोगशाला, मौरीपालन विकास कार्यक्रमले आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिक प्रगती विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मन्त्रालयका सचिव डा.शरण कुमार पाण्डे, राज्यमन्त्री ईन्द्रमाया गुरुङ र बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईले मन्त्रालय अन्तर्गत पर्ने निर्देशनालय मातहतका कार्यालयले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा उठेका विषय र चौमासिक प्रगति प्रतिवेदनको बारेमा मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा निर्देशनालयमा आवद्ध ७ कृषि ज्ञान केन्द्र,६ वागवानी केन्द्र, ३ मौरी विकास कार्यक्रम, ४ प्रजनन पिढी कोया उत्पादन केन्द्र, १/१ बाली, माटो, विउ विजन प्रयोगशाला र एक माछा फारमका प्रमुखहरुको सहभागिता रहेको थियो।