हेटौंडा \ हरीत शहरको रुपमा नाम कमाएको हेटौंडालाई थप सुन्दर र आक्रर्षक शहर निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले जोड दिएकी छन् । नियमित उपमहानगरक्षेत्रमा सरसफाई, वृक्षारोपण सहित पार्क निमाणले शहरको सुन्दरता बढाउने विश्वासका साथ उनले कामलाई अघि बढाएकी छन् ।
हेटौंडा सफा अभियान’ सञ्चालन गर्दै उपमहानगरक्षेत्रमा रहेका टोलविकास सस्था र संघसस्था मार्फत नगरको सुन्दरतामा जोड दिएकी नगर प्रमुख लामाले मंगलबार हेटौंडा–११ पुर्वपश्चिम राजमार्ग राप्ती पुलपारी बुद्ध पार्क अगाडि विभिन्न प्रजातीका बिरुवा रोपेकी छन् । नगरप्रमुख लामा सहित पत्रकार महासंघ बागतमी प्रदेशका सस्थापक अध्यक्ष प्रताप विष्ट, समाजवेवी सिद्धीलाल श्रेष्ठले २ सय १५ बिरुवा रोपेका थिए ।
बाहिरबाट हेटौंडा आउँने पर्यटक तथा हेटौंडा हुँदै राजमार्गमा हिड्नेका लागि हरियो र सुन्दर देखाउनका उपमहानगरले कल्की, वृगमबेली, गुल्मोहर, निलकाडाँडा, पाम सहितका बिरुवा राप्ती किनार क्षेत्रको माथिल्लो भागमा रोपेको हो । राजमार्ग क्षेत्रको राप्तिपुल पारी सडक किनारमा गरिएको वृक्षारोपणमा स्थानिय सिमलटार टोलविकास सस्थाका पदाधिकारी तथा सदस्यहरुको पनि सहभागिता रहेको थियो । जनतासँगको सहकार्यमा काम गर्न सके रोपिएको बिरुवाको पनि संरक्षण हुने नगरप्रमुख लामाले बताइन् ।
नगरप्रमुखमा निर्वाचित भएपश्चात हरीत शरहसँगै सफा अभियान पनि सञ्चालन गर्न जोड दिर्दै आएकी नगरप्रमुख लामाले बजारलाई व्यवस्थित बनाउनका लागि कार्यदल बनाएर काम गरीरहेको बताइन् । शहरलाई सुन्दर र व्यवपस्थित देखाउनका लागि खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा नगरवासिलाई १० हजार लिटर खानेपानी निःशुल्क दिने, अव्यवस्थित रुपमा निर्माण भएका टहरा हटाउने, सडक पेटी सफा राख्ने र अव्यस्थित रुपमा सञ्चालनमा रहेको अटो मयुरी व्यवस्थापन सहितको काम गर्दै अघि बढिरहेको उनले बताइन् ।
बाह्य जिल्लाबाट उपमहानगरपालिका क्षेत्र आउने मानिसहरु लाई आक्रषक शहरको रुपमा देखाउनका लागि सञ्चालन गरीएको हेटौंडा सफ अभियान’ हरेक शनिबार टोल विकास सस्थाको अगुवाईमा सञ्चालन भैरहेको उनले बताइन् । हामिले सञ्चालन गरेको अभियानलाई नगरवासीले मनपराएर नियमित रुपमा अभियान चलाईरहेको उनले बताइन् । अब नगरक्षेत्र प्रवेशको संकेत दिनका लागि थप नयाँ कामको योजना बनाएर अघि बढ्ने तयारीमा रहेका उनले बताइन् ।