१० औं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दीपक रौनियार निर्देशित लघु फिल्म ‘फोर नाइट्स’ले नेपाल पानारोमातर्फ उत्कृष्ट फिक्सन फिल्मको अवार्ड जितेको छ ।
डकुमेन्ट्री विधातर्फ भने अनिल बुढामगर निर्देशित 'आग्रेु' (आइरन डिगर)ले उत्कृष्ट घोषित भयो । फलाम खानीमा काम गर्ने एक वृद्धामाथि आधारित यो डकुमेन्ट्रीले यसअघि काठमाडौं इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा पनि उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको थियो । रौनियार र मगरले उत्कृष्ट फिक्सन र उत्कृष्ट डकुमेन्ट्रीबाट नगद ५० हजार प्राप्त गरेका छन् ।
त्यस्तै, बगंलादेशी निर्देशक जुबोराज सामिमको फिल्म ‘द इन्सटिन्क्ट’ अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ उत्कृष्ट सावित भयो । त्यस्तै अन्तर्राष्ट्रिय नन–फिक्सन प्रतिस्पर्धातर्फ फिनल्यान्डका निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डस् अफ द अर्थ’ उत्कृष्ट ठहरियो । दुई फिल्मले अवार्डसहित नेपाली ५० हजार प्राप्त गरे ।
त्यस्तै महोत्सवमा सम्राट खनाल निर्देशित फिल्म ‘थ्रु द सिंगिंग भिलेजेजु, सुनिल न्यौपानेको डेथ्स अनएक्सप्लेन्ड’, पिंकी श्री रानामगरको ‘हजुर’, रुसी फिल्ममेकर डेर्या डेनिजको हेजा, टर्किस् फिल्ममेकर सेरहत कारास्लान्टको ‘द क्रिमिनल्स’, जर्मन फिल्ममेकर सेन्गिज अकेगनको ‘आयसा’ र अमेरिकी फिल्ममेकर किरा डेन तथा काटोल्यन रोबेलोको संयुक्त निर्देशनमा बनेको ‘मिजुको’ ले विभिन्न विधामा स्पेसल मेन्सन अवार्ड पाए ।
महोत्सवमा २५ देशका ६४ फिल्म प्रदर्शन भएको थियो । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित पुस ३ देखि ६ सम्म राजधानीको नेपाल पर्यटन बोर्ड र रिपोर्टस् क्लबको हलमा फिल्महरु प्रदर्शन गरिए । शान्ता नेपाली निर्देशित ‘क्लाइमिङ ट्याम्पेचर्स स् टप अफ द वर्ल्ड’ देखाउँदैसुरु भएको महोत्सवको समापन रौनियाको ‘फोर नाइट्स’मार्फत गरियो ।
महोत्सवमा भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने रु’ विषयमा मास्टर क्लास दिएका थिए भने ‘जलवायु परिवर्तन र न्याय’सम्बन्धी विषयमा मानव अधिकारकर्मी, विज्ञ तथा चलचित्रकर्मीहरुबीच प्यानल छलफल पनि भयो ।