सिधाखबर \ मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्षमा नवराज चौलागाई निर्वाचित भएका छन् । शनिबार भएको एशोसिएसनको ११ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेसनबाट चौलागाईको प्यानलनै निर्वाचित भएको छ । उनले प्रतिस्पर्धी कुमारमणि त्रिपाटीलाई ५४ मतअन्तरले पराजित गरेका थिए । चौलागाईले ८६ मत प्राप्त गर्दा त्रिपाटीले ३२ मत प्राप्त गरेका थिए । एक मत भने बदर भएको थियो ।
एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद न्यौपाने विजयी भएका छन् । उनले कृष्ण सागर श्रेष्ठलाई पराजित गरेका हुन् । न्यौपानेले ८४ मत प्राप्त गर्दा श्रेष्ठले ३५ मत प्राप्त गरेका थिए ।
त्यस्तै, उपाध्यक्षमा रोहिणी प्रसाद गौतम ८२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको प्रतिस्पर्धी अनिल दास बानियाँले ३७ मत प्राप्त गरेका थिए । महासचिवमा राजकुमार दाहालले ७४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनको प्रतिस्पर्धी मिलन स्याङ्तानले ४५ मत प्राप्त गरेका थिए । सचिव पदमा भने लक्ष्मण न्यौपाने र नवराज त्रिपाठी प्रतिस्पर्धामा उत्रेका थिए । जसमा न्यौपानेले ८५ मत र त्रिपाठीले ३४ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्ष शिवराज बास्तोला र सह कोषाध्यक्ष अमोद बानियाँ निर्विरोध निर्वाचित भएका छन् । उनीहरु दुबै उम्मेदवार चौलागाई प्यानलका थिए । निर्वाचन प्रक्रियामा पदलाई सर्वसम्मत गर्ने सहमत भए पछि बाकीँ पदमा निर्वाचन गरिएको निर्वाचन आयुक्त एसिस रिजालले बताए ।
एशोसिएसनको ६ पदको सदस्यका लागि ११ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा एदिस रिजालले १०२ मत, जीवनाथ अधिकारीले ९२ मत, सुमन रायमाझीले ९१ मत, पुष्पराज गौतमले ८४ मत, सुनील प्रसाद सुवेदीले ७७, सुरेश लामा वाईवाले ७१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । मुन्ना आलम (भान्जा)ले २७ मत, अदाम हुसेन ५६ मत, मुकेश कुमार बानियाँले ४७ मत, सतेन्द्र कुमार केशरीले २२ मत र उज्वल साहले १९ मत प्राप्त गरेको र २ मत बदर भएको निर्वाचन आयुक्त रिजालले बताए ।