हेटौंडा \ सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजनामा बुधबार हेटौंडामा एक दिने डाटा संकलन सम्बन्धी अन्तरक्रिया गोष्ठीको आयोजना गरिएको छ । सामुदायिक वनले गर्ने विभिन्न प्रकारका कामहरुलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिन गोष्ठीको आयोजना गरिएको हो ।
सामुदायिक वनको सामाजिक नक्सा, धरघुरी, वन व्यवस्थापन, वनको विविधता, गैह्रकाष्ठ वनपैदावार, वन पैदावार वितरण, सामाजिक काम, महिला सहभागिता, साधारणसभा लगायतका विषयहरुलाई कसरी अनलाईन प्रणालीको माध्यमबाट राख्न सकिन्छ भन्ने विषयमा जानकारी गराइर्एको थियो ।
गोष्ठीमा सुजन खनालले सहजीकरण गरेका थिए । गोष्ठीमा मकवानपुर, चितवन, तेह्रथुम, सर्लाहीमा रहेका विभिन्न सामुदायिक वन र गाउँपालिका रहेका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सामुदायिकक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।