हेटौडा \ हेटौडा ६ चौघडामा रहेको नवजीवन ज्योति क्लवले शनिबार विशेष साधारण सभा गर्दै नयाँ नेतृत्व चयन गरेको छ । क्लवका अध्यक्ष श्रीराम पुडासैनीको अध्यक्षतामा भएको भेलामा हेटौडा उपमहानगरपालिका ६ नम्बर वडा अध्यक्ष विष्णु दाहालको प्रमुख आतिथ्यता रहेको थियो । विशेष साधारण सभाले राजकुमार बास्तोलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
समितिमा जनकराज शर्मा, वुद्धरत्न मानन्धर, राजकुमार फुयाँल, शोभा घिमिरे,अमुना सापकोटा,सुदर्शन थापा, राजकुमार श्रेष्ठ, हरेराम राई, दीपक सापकोटा, राजेश पौडेल, ईश्वर राना मगर र निवर्तमान अध्यक्ष श्रीराम पुडासैनी रहेका छन ।
नवनिर्वाचित अध्यक्ष बास्तोलाले राष्ट्रिय स्तरमा चिनारी बोकेको यो क्लव मार्फत अब ६ नम्बर वडामा विभिन्न गतिविधि गरी युवा लक्षित तथा सामाजिक कार्य गरी अगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रममा क्लवका पुर्व अध्यक्षहरु श्याम प्रसाद श्रेष्ठ, विजय कुमार श्रेष्ठ, गणेश कुमार श्रेष्ठ, पुर्व उपाध्यक्ष उज्जवल चौलागाई, पत्रकार महासंघ प्रदेश उपाध्यक्ष रुपेश दुलाल, मकवानपुरका अध्यक्ष मणिराज गौतम लगाएत विभिन्न राजनितिक दलका वडा अध्यक्षहरुको समेत सहभागीता रहेको थियो ।