हेटौंडा \ देशको अर्थतन्त्रको असहज परिस्थितिले गर्दा देशभरका विभिन्न क्षेत्रका व्यवसायीहरु मर्कामा परेको भन्दै मकवानपुरका उद्योगी तथा व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै आइतबार नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंक्का गर्भनरलाई ज्ञापनपत्र बुझाएका छन् ।
आइतबार मकवानपुर उद्योग वाणिज्य संघको हलमा व्यवसायीहरुको उपस्थितीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीका मागहरु र आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको थियो । कार्यक्रमहरु सार्जजनिक गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्री र गर्भनरलाई मागहरु उल्लेख गर्दै ज्ञापनपत्र बुझाएको हो । बैंकका चर्को व्याजदर र बैंकले दिएको दबावको विरुद्ध व्यवसायीहरुले आन्दोलन गर्ने तयारी गरेका हुन् ।
मकवानपुर उद्योग वाणिज्य संघमा उपस्थिती भएको सयौं संख्याका व्यवसायीहले विभिन्न माग सहितका नारा लगाउँदै हेटौंडाको बुद्धचोक, स्कुलरोड हुदैं पारिजातपथ, हरिकुञ्जरोडबाट मानसचोक हुदैं जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर प्रजिअलाई ज्ञापन पत्र बुझाइएको थियो ।
मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले बैंकको व्याजदर नियन्त्रण गरी एकल अंकको हुनुपर्ने , अर्थतन्त्र सामान्य अवस्थामा नपुगुन्जेल चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९कार्यान्वयन नगर्ने , पूजीँगत खर्च बढाई बजारमा तरलता प्रवाह गर्नुपर्नै मागहरु रहेको बताउँदै उनले उक्त ज्ञापनपत्र प्रजिअ राजेन्द्रदेव पाण्डेलाई बुझाउनु भएको थियो । पत्र बुझ्दै प्रजिअ पाण्डेले आजै यस पत्रलाई काठमाडौं पठाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उक्त विरोध कार्यक्रमलाई उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर, होटल एशोसिएसन मकवानपुरले ऐक्यवद्दता जनाएको छ ।