सिधाखबर \ हेटौंडामा मकवानपुुर उद्योग वाणिज्य संघ र बैंकर्स क्लब हेटौंडाबीच छलफल भएको छ । शुक्रबार संघको हलमा संघका कार्यबहाक अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको छलफलमा बैंकर्स क्लब हेटौंडाका अध्यक्ष रमेशराज घिमिरे लगायत बैंकका शाखा प्रमुख हरुको सहभागिता रहेको थियो ।
संघका पदाधिकारी तथा सदस्यहरुले व्यापार व्यवसायीहरुको बैंक व्याजदरमा भएका समस्याहरुको विषयलाई उठान गरिएको थियो । छलफलमा चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ र प्रथम संशोधन सहितको मार्गदर्शनका विषयमा बृहत छलफल गरिएको थियो ।
छलफलको क्रममा उठेका विषयवस्तुलाई बैंकर्स क्लबका अध्यक्ष घिमिरेले कार्यान्वयन गर्ने इकाई हो शाखा, केन्द्रले जे भन्छ त्यहीँ हुन्छ । नीति र नियम परिवर्तन भएर आए हामीले सोही अनुरुप काम गर्ने बताए । उनले कार्तिक १ गतेबाट लागु भएको मार्गदर्शन अहिले संसोधन भएर आएको बताए । व्यापार व्यवसायका लागि लिइएको पैसा अन्त लगानी नहोस् भनी यो मार्गदर्शन तथा कार्यविधि आएको बताउँदै अध्यक्ष घिमिरेले सिकाई सिकाई लोन लिन लगाइएको जुन आरोप हामीमा छ त्यो एक अर्काले आरोपप्रत्यारोप लगाउनु व्यर्थ रहेको बताए ।
व्यवसायी वा ऋणीसँगको सम्बन्ध सुमधुर रहनुपर्छ, सहज हुँदा राम्रो असहज हुँदा नराम्रो गर्नु हुन्न भनी सबै व्यवसायीलाई आग्रह गरेका छन् ।
छलफलमै लक्ष्मी बैंकका शाखा प्रमुख भूवन कोइरालाले ऋणीहरु भाग्नु भएन, छलफलमा आउनुपर्ने बताए । उनले सम्र्पकमा रहनुपर्छ सम्र्पक विहिन नबनी बैंकहरुमा आउन आग्रह गरेका छन् । साना लगानीमा समस्या छैन, करोड माथीकोृ लगानीमा ऋणीहरु सम्र्पकमा समेत नआएको अवस्था रहेको कोइरालाले बताए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ले निम्त्याएको समस्याले व्यवसायीहरु मर्कामा रहेको बताए । केही संशोधन भएता पनि सहज परिस्थिती नभएको गुनासो राखेका थिए । विशेषत ओडी एकाउन्टका विषयमा व्यवसायीहरुको आफ्ना समस्या रहेको कटुवालले बताएका थिए । बैंकको चर्को व्याजदरले मृत्यु सम्मको अवस्थामा व्यवसायीहरु पुग्न सक्ने अवस्था नहोस् भनी आग्रह गरिएको थियो ।