हेटौंडा \ हेटौंडा १० मा रहेको भूटनदेवी मन्दिर सरसफाइ अभियान तथा प्रदुषणमुक्त क्षेत्र घोषणा कार्यक्रम भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा सरसफाइ अभियान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य भारती पाठकको विशेष आतिथ्यता रहेको थियो । डिभिजन वन कार्यालय मकवानपुरको आयोजनामा सरसफाई अभियान तथा प्रदुषणमुक्त क्षेत्र घोषणा कार्यक्रम भएको हो ।
कार्यक्रममा बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, वन निर्देशक विद्यानाथ झा, कृषि तथा वन विज्ञान विश्व विद्यालय वन संकाय हेटौडाका डिन बलराम भट्ट, डिभिजनल वन अधिकृत शीव सापकोटा, मकवानपुर उद्योग वाणिज्य संघका सदस्य कुल प्रसाद चौलागाई ,कुष्माण्ड सरोवर त्रिवेणीधामका उपाध्यक्ष कुमार पौडेल, समाजसेवी सिताराम बर्तौला, गोरक्षश्वर क्षेत्र विकास समितिका अध्यक्ष उत्तम शर्मा ढकाल, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक शैलेश श्रेष्ठ, सामाजिक प्रहरी सेवा केन्द्रकी शर्मिला श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा टोल विकास संस्था, भुटनदेवी क्लब, ज्ञानदा मावि , अमर मावि सोलिड्यारिटी एकेडेमीका शिक्षक तथा विद्यार्थी, स्थानीय समाजसेवी, वन कर्मचारी , सुरक्षाकर्मीहरुको उपस्थिती रहेको थियो ।