बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आफनो कार्यकालमा स्वास्थ्य मन्त्रालयका तर्फबाट भएका मुख्य मुख्य निर्णय र उपलब्धिहरू सार्वजनिक गरेकाछन । आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री लामाले आफनो कार्यकालमा गरेका उपलब्धिहरूलाई सार्वजनिक गरेका हुन । नेपालको संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा अंगिकार गरेको छ । संविधान प्रदत्त अधिकारलाई नागरिक तहसम्म पुर्याउनु यस मन्त्रालयको प्रमुख दायित्व हो । यस काममा यस मन्त्रालय निरन्तर क्रियाशिल छ । मन्त्रालय स्थापनाको छोटो अवधीमा बागमती प्रदेशका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि उल्लेखनीय कार्यहरु भएका छन् । यस कार्यमा निरन्तर मन्त्रालय र मन्त्रालय अन्तरगतका हरेक इकाईले आफ्नो भूमिकालाई जिम्मेवार ढंगबाट निर्वाह गरेका छन् ।
२०७८ कार्तिक २५ गते मैले स्वास्थ्य मन्त्रीको पद सम्हालेदेखि नै हाम्रो टिमले नागरिक तहमा संघीयताको प्रत्याभुति स्वास्थ्य क्षेत्रबाटै गराउनुपर्छ भन्ने मूख्य लक्ष्यका साथ काम गरेको यहाँहरुलाई अवगत गराउँदछु । मैले जिम्मेवारी सम्हाल्दा कोरोना संक्रमणको जोखिम उच्च तहमा थियो । देशका ७ वटा प्रदेशमध्ये सबैभन्दा बढि कोरोना प्रभावित प्रदेशको रुपमा बागमती प्रदेश रहेको कोरोना संक्रमणको रोकथाम, उपचार एवं क्षति न्यूनिकरणका लागि काम गर्नुपर्ने अवस्था थियो । यसका लागि कोरोना बारे सचेतना अभिबृद्धिसंगै कोरोनाविरुद्धको खोप अभियानलाई तिब्रता दिने काम गरिएको थियो ।
जसको फलस्वरुप ७ प्रदेशमध्ये सबैभन्दा पहिले सतप्रतिशत कोरोनाविरुद्धको खोप लगाउन बागमती प्रदेश सफल भएको छ । यस कार्यमा खटिनुहुने संघीय, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीहरुमा आभार व्यक्त गर्दछु । मैले जिम्मेवारी सम्हालेको यो अवधीमा मेरो नेतृत्वको स्वास्थ्य मन्त्रालयको टिमले स्वास्थ्य क्षेत्र सुधारका लागि नीतिगत निर्णय गर्ने, यसलाई कार्यान्वयन गर्ने, पूर्वाधार सुधार र जनशक्तिको व्यवस्थापनको कामलाई एकसाथ अघि बढाएको अवगत गराउँदछु । जसले गर्दा कोरोना संक्रमण न्यूनिकरण, स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच सुधार, स्वास्थ्य पूर्वाधार एवं जनशक्तिको अवस्था सुधार हुँदा नागरिकलाई स्वास्थ्य क्षेत्रमा उल्लेखनीय लाभ हासिल भएको विश्वास लिएको छु । आदरणीय पत्रकार ज्यूहरु, मेरो कार्यकालमा हाम्रो टिमले गरेका केही विषयहरुलाई यहाँहरुलाई बुँदागत रुपमा अवगत गराउन
चाहन्छु ।
स्वास्थ्य मन्त्रालयमा भएका मुख्यमुख्य प्रगतिहरु
प्रदेश स्वास्थ्य सेवा पहिलो संसोधन अध्यादेश, २०७९ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलो संशोधन अध्यादेश, २०७८ जारी भएको छ । प्रदेश स्वास्थ्य नीति निर्माण, Health al in/ Policy निर्माणको लागि आवश्यक बजेटको व्यवस्थापन आ.व. २०७९/०८० मा भएको छ । बागमती प्रदेशका विपन्न नागरिकहरुका लागि निःशुल्क रक्त सञ्चार सेवा प्रदान सम्बन्धी कार्यविधि निर्माण गरी रगत र रक्ततत्त्वमा प्रयोग हुने ब्लड ब्याग र रक्त परीक्षण निःशुल्क रुपमा उपलब्ध गराई रक्तसञ्चार सेवा प्रदान गर्ने कार्यलाई सहज बनाउनका लागि १३ प्रादेशिक अस्पताल,भरतपुर अस्पताल, बि.पि कोइराला मेमोरियल क्यान्सर अस्पताल, और अस्पताल, परोपकार प्रसुती गृह, कान्ति बाल अस्पतालसँग सम्झौता गरी १८ अस्पतालहरुबाट सेवा सञ्चालनमा रहेको छ । प्रदेश भित्रका लोपोन्मुख र सिमान्तीकृत जातिहरुको सुरक्षित मातृत्व सेवा तथा खोप सेवामा पहुँच वृद्धि गर्नका लागि प्रोत्साहन स्वरुप रु पाच हजार प्रदान गर्ने कार्यक्रम सञ्चालनमा छ ।
बागमती प्रदेशको पहिलो आयुर्वेद औषधी उत्पादन केन्द्र, रत्ननगर, चितवनमा स्थापना गरी सोको सञ्चालनका लागि आवश्यक जनशक्ति, औजार उपकरण लागायतका लागि चालु आव २०७९/०६० मा रु.३ करोड ९४ लाख बजेटको व्यवस्थापन गरी कार्यान्वन गरिएको छ । प्रदेश भित्रका हेमोफिलियाका बिरामीहरुका Anti-Hemophliic facter खरिद गरी व्यवस्थापन गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाउनका प्रदेश स्तरीय स्वास्थ्य बिमा संयोजक समितिको गठन भएको छ । एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत आ।व। २०७८/०७९ सम्म ४५९ जना विद्यालय नर्सलाई नियुक्ति दिई सम्बन्धित स्थानीय तहमा परिचालन गरिएको छ भने आव २०७९/०८० मा ६० जना विद्यालय नर्स भर्ना प्रक्रियामा रहेको छ । प्रादेशिक सरुवा रोग अस्पताल स्थापनाका लागि सम्भाव्यता अध्ययन आव २०७८/०७९, मा भई चालु आव मा भवन निर्माणको कार्य अघि बढाईएको छ ।
धादिङ, हेटौडा, धुलिखेल, काठमाण्डौमा एम्बुलेन्स डिस्प्याच सेन्टर स्थापना गरिएको छ । एम्बुलेन्स सेवालाई व्यवस्थीत गर्न बागमती प्रदेश भित्रका ४०० वटा एम्बुलेन्समा न्एक् जडान गरी ३१५ जना एम्बुलेन्स चालक र एम्बुलेन्स व्यवस्थापन समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण गरिएको छ ।
ड्ड उच्चस्तरको रोग निदानात्मक सेवा प्रदान गर्न हेटौंडा अस्पतालको लागि MRI मेशिन, महिलाको गर्भको जटिलता जाँच गर्न प्रयोग गरिने एयतबदभि गतिचबकयगलम machine ७३ वटा खरिद गरी स्थानीय तहका स्वास्थ्य संस्थालाई हस्तान्तरणको प्रक्रियामा छ। ११ प्रादेशिक अस्पतालहरुमा ९रसुवा र टोखा अस्पताल बाहेक० नवजात सघन हेरचाह ईकाई (nICU ) स्थापना भएको छ । एक ychiatric ward, Geriatric service, Pediatric service त्रिशुली, सिन्धुली अस्पतालमा ATM Banking सेवा हेटौंडा अस्पताल Cholecystectomy, Appendectomy, Gyane and Orthopedic DaGwL major, intermediate and minor operation सेवा सुचारु बकुलहर रत्नगर अस्पताल लगायतका थप सेवा प्रादेशिक अस्पतालहरुबाट सञ्चालनमा छ ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालबीच मृगौला फेल भएका विरामीहरूका लागि प्रत्यारोपण सेवा सुरू गर्न र डाइलासिस सेवा विस्तार गर्नका लागि द्विपक्षीय सम्झौता भएको छ सो को निमित्त आवश्यक बजेटको बिनियोजन भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा अकुपन्चर सेवा, फिजियोथेरापी सेवा, फार्मेसी सेवा लगायतका सेवा थप गरी आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाको सुदृढीकरण गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मकवानपुर, ललितपुर, चितवनहरुको स्तरोन्नतिका लागि भवन निर्माण कार्य अगाडि बढाइएको छ । धादिङ्ग अस्पताल, हेटौंडा अस्पताल, त्रिशुली अस्पताल, बकुलहर रत्ननगर अस्पतालमा डायलाईसिस सेवा विस्तार भएको छ । विपन्न नागरिक आकस्मिक क्ष्ऋग् कोषको स्थापना, जनआन्दोलनमा घाईतेको निःशुल्क उपचार कार्यक्रम, सामाजिक सुरक्षा ईकाई सुदृढीकरण कार्यक्रम प्रादेशिक अस्पतालहरुमा सञ्चालनमा छ
प्रदेश मातहतका १३ वटे अस्पतालहरुमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयनका लागि (अस्पताल तर्फ १२ करोड ४५ लाखस आयुर्वेद स्वास्थ्य केन्द्र तर्फ २ करोड ३ लाख) यथेष्ठ बजेट बिनियोजन गरी कार्यान्वयनमा ल्याईएको छ ।
आत्महत्या न्यूनीकरण, सडक दुर्घटना (RTA) रोकथाम तथा न्यूनीकरण कार्यक्रम, ज्येष्ठ नागरिकलाइ स्वास्थ्य परिक्षण सहित स्वास्थ्य परिक्षण कार्यक्रम, उद्योग उद्योग बाणिज्य संघ संगको समन्वयमा पेशागत स्वास्थ्य (Occupaionla Hetauda) सम्बन्धी, मासिक स्वास्थ्य, बाल विवाह न्यूनीकरण सम्बन्धी क्रियाकलापहरु सञ्चालनका लागि स्वास्थ्य कार्यालयहरुमा बजेट व्यवस्थापन गरी कार्यक्रम कार्यान्वयनमा ल्याईएको छ । स्वास्थ्य क्षेत्रमा हुने स्वास्थ्य जनशक्तिको अभावको समस्या समाधानका लागि हाललाई ६२८ स्वीकृत अस्थायी दरवन्दी बमोजिम पदपूर्ति गरी कर्मचारीलाई मन्त्रालय र मातहतका कार्यालयमा सेवामा परिचालन गरिएको छ । बागमती प्रदेशका जिल्लाहरुका जनस्वास्थ्यकर्मी, विद्यालय नर्स, स्वास्थ्य शिक्षकहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न तालिम मोड्युल सञ्चालन गरिएको छ । स्थानीय तहको न्युनतम सेवा मापदण्ड सुधार, शहरीरसामुदायिक स्वास्थ्य सेवा इकाई सञ्चालन अनुदान, स्थानीय तहका १५ शैया सम्मको अस्पताल सञ्चालन निरन्तरता, स्थानीय तहमा स्वास्थ्य संस्थाको भवन निर्माण निर्माण, स्वास्थ्य संस्थाको सवालिकरणको लागि आवश्यक बजेटको व्यवस्थापन आ.व.२०७९/०८० मा गरिएको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणः
मिति २०७९ पौष २१ गतेसम्म ८९.६९५ ५/१२ उमेर समूहका लक्षित जनसंख्या, ९७.३५ १२ वर्ष भन्दा माथिका उमेर समूहका लक्षित जनसंख्याले पूर्ण खोप सेवा प्राप्त गरेका छन् भने ३६.०३५ १२ वर्ष भन्दा माथिका उमेर समूहका लक्षित जनसंख्याले अतिरिक्त खोप सेवा प्राप्त गरेका छन् । स्थानीय तहका ३५९ ओटा सामुदायिक माध्यामिक विद्यालयहरूमा एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत परिचालित स्वास्थ्यकर्मीलाई कोभिड-१९को रोकथाम नियन्त्रणमा सचेतना जगाउने र उपचारका लागि अस्पताल एवम् स्वास्थ्य संस्थामा समेत आवश्यकता अनुसार खटाईएको । नेपाल सरकारको प्राथमिकता रहेको खोप, खोप, खोप अभियानलाई सफल तुल्याउनका लागि खोपको कभरेज कम रहेका क्षेत्रहरु जस्तै राक्सिराङ्ग गाउँपालिकामा मन्त्रीज्यू, स्थानीय नेतृत्वको उपस्थितिमा खोप कार्यक्रम सञ्चालन प्रदेश सरकार अन्तर्गतका १३ अस्पतालहरु मध्ये रसुवा, काठमाण्डौं बाहेकका ११ प्रादेशिक अस्पतालहरुमा पिसिआर ल्याब स्थापना गरी कोभिड-१९ को द्रुत परिक्षण सेवा सञ्चालनमा ल्याइएको छ।
नेपाल सरकारबाट कोभिड-१९ विरुद्धको खोपहरु प्राप्त गरी स्वास्थ्य कार्यालयहरुको समन्वयमा प्रदेश तथा स्थानीय तहहरु अन्तर्गतका स्वास्थ्य संस्थाहरु मार्फत कोभिड-१९ विरुद्धको खोप सेवा सञ्चालनमा छ। जिबजिबे प्राथमिक स्वास्थ्य केन्द्र, रसुवामा बुस्टर सहितको अक्सीजन प्लान्ट स्थापना गरिएको छ । प्रदेश स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र (PHEOC) संचालनमा रहेको छ ।
डेंगु रोकथाम तथा नियन्त्रणः
बागमती प्रदेशमा फैलिएको डेंगु रोग सम्बन्धी अनुसन्धान एवं निगरानी भेक्टर सर्भिलेन्स का लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालय अन्तरगतको हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबीच सम्झौता भएको छ । डेंगु रोकथाम, नियन्त्रणका लागि जिल्ला स्थित कार्यालयहरुको सकिय सहभागितामा खोजौं र नष्ट गरौँ अभियान, जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गतः
क्यान्सर रोग लागेका विपन्न नागरिकलाई उपचारमा सहुलियत प्रदान कार्यक्रम अन्तर्गत बागमती प्रदेशका सरकारी तथा निजि गरी १२ वटा अस्पताल सँग सम्झौता गरी सहुलियत प्रदानमा एच निरन्तरता दिइएको छ । २०७८/०७९ मा प्रदान गरिएको छ । ८ करोड ४ लाख ११ हजार बराबरको सहुलियत रकम मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र सँग सम्झौता गरी निःशुल्क हृदयघात उपचार सेवा सञ्चालनमा छ । रोगको पहिचान र उपचार सम्बन्धी एक दिने तालिम र अभिमुखीकरण सञ्चालन गरिएको छ । बागमती प्रदेशका ११९ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुको लागि अब्स्ट्रेटिक फिस्टुला स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयबाट मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत सचेतना, स्क्रिनिङ, उपचार व्यवस्थापन तथा रिफेरल सेवा समत प्रारम्भ भएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत स्थानीय तहसँगको साझेदारीमा हेल्थ पोष्ट, प्राथमिक स्वास्थ्य केन्द्र तथा नगर अस्पतालबाट समेत स्क्रिनिङ सेवा शुरुवात गरिदैछ ।
विशेष अनुदान कार्यक्रम तर्फः
प्रसुती केन्द्र सवलिकरण आयोजना अन्तर्गत प्रसुती केन्द्रलाई वतावनुकुल बनाउन सौर्य उर्जा जडान कार्यक्रम अन्तर्गत कालिन्चोक स्वास्थ्य चौकी, दोलखा, फुलखर्क ग्रामिण अस्पताल, धादिङ्ग र भाल्चे स्वास्थ्य चौकी, नुवाकोटस तातोपानी स्वास्थ्य चौकी, जलबिरे प्राथमिक स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोकस चितवनमा गरी ६ स्वास्थ्य संस्थामा जडान कार्य सम्पन्न भएको छ । कार्यक्रम लागु भएका जिल्लाहरु प्रसुती केन्द्रको सवलिकरणको लागि आवश्यकतामा आधारित टायलिङ्ग तथा मर्मत सम्भार गर्ने, प्रसुती केन्द्रका लागि आवश्यक औजार, उपकरण खरिद तथा व्यवस्थापन गर्नेस प्रसुती प्रतिक्षालयको स्थापना तथा सञ्चालन, नवजात शिशु स्याहार कर्नरको स्थापना तथा सञ्चालन गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको छ ।
२० स्थानीय तहका १०० स्वास्थ्य आमा समूहहरुको लागि स्वास्थ्य प्रवर्द्धन प्रविधि अनुशरणको लागि रु। ३० करोड बराबरको साना अनुदान प्रदान गरिएको छ । १०० स्वास्थ्य आमा समूहहरु मध्ये उत्कृष्ट कार्य गर्ने २० आमा समूहहरुलाई भाँडाकुँडा समेत वितरण गरिएको छ । १२४ माध्यमिक विद्यालयहरुमा किशोर किशोरी लक्षित प्रजनन तथा यौन स्वास्थ्य सम्बन्धी किशोरकिशोरी, किशोरी अभिभावक, विद्यालयमा आधारित लैंगिक हिँसा, मानव बेचबिखन तथा बाल विवाह साइबर क्राइम रोकथामका लागि अन्तरक्रिया कार्यक्रम सञ्चालनमा ल्याइएको छ । १२४ विद्यालयहरुका शौचालयलाई छात्रामैत्री बनाउन आवश्यक सामाग्रीहरुको व्यवस्थापन गरिएको छ । १२४ विद्यालयका १२४ स्वास्थ्य शिक्षक र २४८ साथी शिक्षकलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरिएको छ । यौन तथा प्रजनन स्वास्थ्यको शिक्षण सिकाई कार्यलाई अझै प्रभावकारी बनाउन ५० विद्यालयलाई सूचना सञ्चार सामग्री (ल्यापटप, एल, सि डी प्रोजेक्टर) को व्यवस्थापन गरिएको छ भने १२४ विद्यालयहरुमा वृहत यौनिकता शिक्षालाई बढावा दिन किशोरकिशोरीमैत्री सूचना कक्षको स्थापना गरिएको छ ।
स्वास्थ्य मन्त्रालयबाट आ.व. २०७८र०७९ मा देहायका नियम, मापदण्ड वा कार्यविधहरु निर्माण भएको छ
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश
प्रदेश स्वास्थ्य सेवा पहिलो संशोधन नियमावली, २०७९
प्रदेश भित्रका अस्पतालको सञ्चालन र व्यवस्थापन पहिलो संशोधन आदेश, २०७८
कार्यविधि, निर्देशिका
अन्त्यमा,
मन्त्रालय र मातहतका निकायबाट सञ्चालन गरिने कार्यक्रमहरुको कार्यसञ्चालन मार्गदर्शन,२०७८र०७९
एक विद्यालय एक नर्स, कार्यविधि २०७८
स्वास्थ्य आमा समूहलाई स्वास्थ्य प्रर्वद्धन प्रविधिको अनुशरणका कार्यविधि, २०७८ लागि साना अनुदान सम्बन्धी कार्यविधि २०७८
प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवर्द्धन तथा कोभिड पुनर्स्थापना साझेदारी कार्यक्रम ९स्वास्थ्य तर्फको सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०७८ प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवर्द्धन तथा कोभिड पुनर्स्थापना साझेदारी कार्यक्रम (स्वास्थ्य तर्फको सञ्चालन तथा व्यवस्थापन) (पहिलो संशोधन) कार्यविधि, २०७८
प्रदेशका बिपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७८,चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८
सामुदायिक एवम् गैर नाफा मूलक अस्पतालको लागि पुँजीगत सुधार सम्बन्धी कार्यविधि २०७८
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम परिक्षण, निदान, परामर्श र उपचार व्यवस्थापन कार्यविधि २०७९
,