हेटौंडा \ प्लान इन्टरनेशनल नेपालले मकवानपुरका विभिन्न साझेदारी संस्थाहरुसंगको सहकार्यमा सञ्चालन गरेका विभिन्न परियोजनाहरुको विहीबार अनुगमन भएकोे छ । प्लान इन्टरनेशनल नेपालका साझेदारी संस्थाहरु ग्रामिण जागरण तथा विकास संगठन नेपाल (राडो नेपाल),एकिकृत ग्रामिण विकास सेवा केन्द्र (आईभिडिएस), ग्रामिण महिला सेवा केन्द्र र सामुदयिक विकास संस्था (सिडिया नेपाल)ले मकवानपुरका विभिन्न विद्यालय तथा गाँउपालिकामा सञ्चालन गरेका बालबालिका सम्बन्धी विभिन्न गतिविधिहरुको अनुगमन भएको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको नेतृत्वमा गरिएको अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नेपालको तर्फबाट रिजनल म्यानेजर रविशंकर पण्डित, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, राडो नेपालका अध्यक्ष एंव गैसस मकवानपुरका अध्यक्ष डा. कृष्ण धिताल,कार्यक्रम संयोजक दिपेन्द्र पाठक, ग्रामिण महिला सेवा केन्द्रका उपाध्यक्ष लक्ष्मी मोक्तान,कार्यक्रम संयोजक दीपक न्यौपाने,सामुदायिक विकास संस्थाका कार्यक्रम संयोजक अर्जुन खड्का तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
अनुगमन टोलीले मनहरिमा रहेको राष्ट्रिय मावि सुनाचुरीमा राडो नेपालले आयोजना गरेको विपद् व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम र आईभिडिएसले संचालन गरेको ईसिडिकक्षा व्यवस्थापनको लागि कक्षा कोठा सुधार व्यवस्थापन सम्बन्धी परियोजनाहरुको प्रभावकारिता तथा यसले विद्यार्थीहरुलाई अध्यानन गर्न पुगेको प्रभावकारीताका बारेमा जानकारी लिएको थियो । विद्यालयका प्रअ सुर्यबहादुर मुक्तानले राडो नेपालको सहयोगमा विद्यालयमा विद्यार्थीहरुलाई विपद्बाट बच्ने सचेतनामा सहयोग पुगेको बताएका थिए । सातसय पचासजना विद्यार्थी अध्यनरत यो विद्यालयमा आईभिडिएसले इसिडि कक्षा सञ्चालनमा कक्षा कोठा सुधारका लागि संचालन गरेको व्यवस्थापकीय परियोजना प्रभावकारी बनेको पाईएको छ ।
अनुगमनमा विद्यालयले सहि तरिकाले विद्यालयमा अध्ययन अध्यापन सञ्चालन गरेको तथा विद्यार्थीहरुलाई विपदबाट बच्ने विभिन्न उपायहरुको सचेतना गराएको पाइएको थियो । यस्तै अनुगमनले मकवानपुरगढी गाँउपालिकामा राडो नेपालसँगको सहकार्यमा आयोजना गरेका विभिन्न परियोजनाहरु युवा सुचना केन्द्र, स्थानीय विपद् आपतकालीन कार्य संचालन, स्थानीय बाल मैत्री घोषणा लगाएतका कार्यक्रमहरुमा खेलेको भुमिकाको बारेमा जानकारी लिएको थियो ।
गाँउपालिकाका अध्यक्ष, दोर्जे स्याङ्तानले राडो नेपालद्धारा मकवानपुरगढी गाँउपालिकामा सञ्चालन गरेको विभिन्न परियोजनाहरुले बाल मैत्री घोषणा तथा युवा सुचना केन्द्रबाट युवाहरुले पाएको उपलब्धीबाट बाल क्लबमा आवद्ध युवा तथा बालबालिकाहरुको क्षमता विकासमा ठुलो सहयोग पुगेको बताएका थिए । उनले यस परियोजना अन्र्तगत बालकोष स्थापना,सुचना केन्द्र स्थापना,बालविवाह अन्यका सचेतनात्मक कार्यहरु,घरेलुहिसा न्युनिकरणमा पुगेको सचेतनाको प्रभाकारिताको बारेमा जानकारी गराएका थिए ।
यस्तै मकवानपुरगढी गाँउपालिका अन्तरगत रहेको जाल्पा माविमा अनुगमन गर्दै सिडियो नेपालले संचालन गरेका इसिडि कक्षा सञ्चालनमा कक्षा कोठा सुधारका लागि संचालन गरेको विभिन्न व्यवस्थापकीय परियोजना प्रभावकारी बनेको पाईएको छ । यस्तै अनुगमन टोलीले शारदा मावि आमभञ्ज्याङमा ग्रामिण महिला सेवा केन्द्रले संचालन गरेको किशोरी बाल क्लब र यसले संचालन गरेको विभिन्न गतिविधिहरुको समेत अनुगमन गरेको छ ।
अनुगमन पछि जिसस प्रमुख घलानले प्लान इन्टरनेशनल नेपालद्धारा मकवानपुरका विभिन्न साझेदारी संस्थाहरुसंगको सहकार्यमा सञ्चालन गरेका विभिन्न परियोजनाहरु सफल र समुदायमा चेतना छर्ने काममा सहयोग पुगेको बताउनु भयो । उहाँले समुदाय परिवर्तनमा साझेदारी संस्थाहरुको उल्लेख्य भुमिका रहेकोमा धन्यवाद दिनु भयो । साझेदारी संस्थाहरुले बालबालिकाको चेतना स्तर फैलाउन,बालविवाह रोक्ने जस्ता शिक्षा क्षेत्रमा गरेको गतिविधिहरुले सिंगो समुदाय परिवर्तन हुने उनले बताए । प्लान इन्टरनेशनल नेपालले मकवानपुरमा संचालन गरेको बाल केन्द्रित सामुदायिक विकास परियोजना दोश्रो चरण सिसिसिडिपिको प्रगती समिक्षा बैठक समेत शुक्रबार आयोजना गर्दैछ ।