नेपाल शिक्षक संघ हेटौँडा नगर कार्यसमितिको अध्यक्षमा मन्दिरा फुयाँल चयन हुनुभएको छ । शनिबार भएको दोस्रो अधवेशनबाट फुयाँलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुशीला चौलागाइँ र शम्भु पराजुली,सचिवमा ज्योति न्यौपाने,सचिव अर्थमा प्रेम घिमिरे, सहसचिव प्रमोद घिमिरे,सहसचिव महिलमा निश्चला श्रेष्ठ,सहसचिव अर्थ मनराज दुलाल, सहसचिव समावेशीमा जीवन जिम्बा र दीपकलाल श्रेष्ठ चयन हुनुभएको छ ।
यसैगरी वडाहरूबाट १ बाट वैकुण्ठ पराजुली, २ बाट सुरुची रेग्मी, ३ बाट पूर्णप्रसाद अधिकारी ६ बाट अप्सरा न्यौपाने, ९ बाट सरीता लामिछाने, १२ बाट मीनालामा, १३ बाट शोभा घिमिरे, १४ बाट सुनमाया दोङ, १५ बाट वासुदेव न्यौपाने, १६ बाट यशोदा अर्याल। १७ बाट भीमसेन श्रेष्ठ, १८ बाट भुवन अर्याल चयन हुनुभएको छ । अन्य वडाहरुबाट पछि चयन गरिने बताइएको छ ।
शिक्षक संघका नगर अध्यक्ष ज्ञानेन्द्र बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक संघ मकवानपुका अध्यक्ष रामकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सचिव श्रीराम लुईटेलले प्रतिवेदन पेश गर्नुभयो भने सचिव अर्थ सुप्रिया चौलागाइँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । नेपाल शिक्षक संघ मकवानपुरका उपाध्यक्ष गणेश प्रसाद हुमागाइँ, निवर्तमान अध्यक्ष रामसागर गुरागाइँ, संस्थापक अध्यक्ष रामनरेश यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।