हेटौंडा \ सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ,मकवानपुरगढीको आयोजनामा आइतवार गढी–३ मक्रान्चुलीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । स्थानीय वन ऐन नीति नियम समुदाय मैत्री बनाउने र प्रभावकारी कार्यान्यनको लागि समन्वयात्मक बैठकको आयोजना गरिएको हो ।
बैठकमा स्थानीय वन ऐन समुदायको हितमा हुनु पर्ने, समुदायको अधिकारको सुनिश्चितता गरिनु पर्ने, सामुदायिक वन माथि अनावश्यक हस्तक्षेप हुन नहुने,सामुदायिक वनमा लगाइएको तेहेरो कर खारेज गर्नु पर्ने लगायतका विषयहरुमा सहभागिहरुले आवाज उठाएका थिए ।
बैठक मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यता एवम सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको थियो ।
बैठकमा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन, ३ नं. वडा अध्यक्ष भागवत घिमिरे, महासंघ, बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, स्थानीय महासंघ, गढीका अध्यक्ष बलराम अधिकारी, सञ्चारकर्मी भीमसेन पौडेल, गढीमा रहेका सामुदायिक वनका अध्यक्ष एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।