पोखरा \ बगरभाई खलक भेट्रान्स कास्कीको आयोजनामा मंगलबार देखी पोखरामा जारी प्रथम हिमालयन ब्रुअरी प्रालि तथा बाह्रौं बगर भाईखलक एट ए साईड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता मा नागस्वती भेट्रान्सले विजयी सुरुवात गरेको छ । बुधबार पुरानो टुडिखेल बगर १ मा भएको खेलमा बौद्ध भेट्रान्स काठमाण्डौलाई १ -० को अन्तरले नागस्वती भेट्रानस हेटौडा विजयी भएको हो ।
४० मिनेटको समयमा खेलाईएको खेलमा पहिलो हापमा कुनै समुहले गोल गर्न सकेको थिएन । दोश्रो हापको ५ औ मिनेटमा नागस्वती भेट्रान्सको तर्फबाट जर्सी नम्बर ११ कृष्ण शाक्यले हेड मार्फत गरेको उत्कृष्ठ गोलनै खेलको निर्णायक गोल हुन सफल भएको थियो । खेलमा बौद्ध भेट्रान्सका तर्फबाट गोल फर्काउने धेरै अवसरहरु पाएपनि अन्तत नागस्वती भेट्रानको अगाडी बौद्ध भेट्रानको केही सिप लागेन ।
खेलमा नागस्वती भेट्रानसले गोल थप्ने निकै प्रयासहरु गरेको थियो तर जाली चुमाउने धेरै अवसरहरु सफल नभएपनि दोश्रो हापको एकमात्र गोलनै निर्णायक बनेको थियो । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका खेलाडी सन्तोष बस्नेत घोषित भएका थिए । उनले आर्कषक पुरस्कर प्रमाणपत्र शिल्ड प्रप्त गरेका थिए । नागस्वती भेट्रान्सले बिहिबार थापा गाँउ भेट्रान्स संग खेल्ने छ । प्रतियोगितामा देश तथा विदेश गरी २४ वटा समुहले भाग लिएको क्लवका अध्यक्ष दिल बहादुर गुरूङ्गले बताए ।
“स्वास्थ्यको लागि एक घण्टा व्यायाम,नागरिकहरूको लागी नौलो आयाम” भन्ने नारा लिएर आयोजना गरीएको खेलमा ४० वर्ष माथि उमेर समुहका पुर्व खेलाडीहरुको सहभागीता रहने अध्यक्ष गुरूङ्गले बताए । प्रतियोगितामा प्रथम हुने समुहले दुई लाख नगद सहित रनिङ्ग शिल्ड मेडल प्रमाणपत्र प्रदान प्राप्त गर्ने र दोश्रो हुने समुहले एक लाख नगद सहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।
प्रत्येक खेलमा म्यान अफ दी म्याच हुने खेलाडिलाई आकर्षक पुरस्कार र अन्तिम खेलमा उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट किप्पर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड खेलाडिलाई पाँच हजारका दरले र सर्वोत्कृष्ट खेलाडी लाई नगद १५ हजार प्रदान गरिने बताईएको छ । खेलको फाईनल आगामी माघ ८ गते हुने आयोजकले बताएको छ ।