खत्रीको नेतृत्वमा नेपाली व्यवसायी संघ लकजेम्वर्ग गठन गरिएको छ । लकजेम्वर्गमा रहेका नेपाली व्यवसायीहरुलाई एक जुट बनाई नेपाली सामानहरु लकजेम्वर्गमा आयात गरी बजार विस्तार गर्ने उदेश्यले गठन गरीएको संघको नेतृत्वमा लकजेम्र्वर्गका पुराना व्यवसायी हरी बहादुर खत्री चयन भएका छन । आईतबार लकजेम्वर्गमा बेल्जियम,नेदरल्याण्ड तथा लकजेम्वर्गका लागी नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यता तथा नेपाली व्यवसायी संघ बेनेलक्सका संयोजक यामु निरौलाको अध्यक्षतामा संघ गठन गरीएको हो ।
सघंको उपाध्यक्षमा जितु थापा,सचिव हिमाल सापकोटा रहेका छन भने समितिको सदस्यहरुमा बालहरी राई,नारायण अर्याल,श्याम थापा,युद्ध बहादुर थापा, शान्ति सापकोटा,हर्क कार्की, खीमलाल पन्थी, नवुजीत निउरे रहेका छन । गठित नयाँ समितिलाई बधाई दिदै राजदुत राजभण्डारीले नेपाली व्यवसायीहरुको हकहितका लागी र नेपाली सामान युरोपमा आयात गरी विश्वसामाु चिनाउन आग्रह गर्नु भयो । संघ भनेको सबैलाई अप्ठयारो परेको बेलामा सहयोग पुग्ने युनिटी भएको भन्दै राजदुत राजभण्डारीले नेपाली व्यवसायीहरुको हकहितका लागी यसले भुमिका खेल्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली व्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरनकुमार खवास,नेपाली व्यवसायी संघ बेनेलक्सका सचिव मदन दवाडी, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, उपाध्यक्ष डिल्ली अमाई ,नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, बेल्जियमका व्यवसायीहरु काशी दनै, जगदिश सापकोटा, लकजेँवर्गका पुराना व्यवसायी नारायण गुरुङ्ग,चन्द्र बहादुर थापा लगाएतका व्यवसायीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।