मकवानपुरका विनोद बानियाँ बेल्जियममा स्थापित व्यवसायीका रुपमा परिचित छन । व्यापार प्रशासन अध्ययनका लागी सन २००१ मा बेल्जियमा आएका उनी यहाँको अध्ययन सकेर नेपाल फर्कर्ने क्रममा यहाँको सरकारले पत्र मार्फत यतै बस्न चाहेमा अफर गरेपछि उनले बेल्जियम बस्ने निधो गरे ।
आफुलाई यहाँको सरकारले मेनपावरका रुपमा हेरेको र राम्रै जागीर पाएका कारण यतै बसेको उनको भनाई छ । उनी बेल्जियममा जागीर संगै व्यवसायतिर पनि सकृय हुन थाले । उनले बेल्जियमा रहेको ईनोभेटिभ सोसाईटीमा विगत डेढ दशक देखी जागीर खाईरहेका छन । मासिक २ हजार पाच सय युरो अर्थात लगभग तीन लाख मासिक कमाईरहेका पनि छन् । यो संगै उनले बेल्जियममा २०१६ देखी रेष्टुरेन्ट व्यवसाय पनि गर्दै आएको बताउछन् । सन २०२० देखी भने बानियाँले बेल्जियममा ठुलो स्केलको व्यवसाय सुरु गरेको हुन ।
बेल्जियमको दुर्ने भन्ने ठाँउमा थोरै लगानीमा सुसी बेल्जियम नामक होलसेल पसल गरेका उनले अहिले १५ लाख युरो लगानी बनाईसकेका छन । यो हिसाबमा नेपाली २० करोड लगानीमा उनले बेल्जियममा व्यवसाय गरीरहेका छन् । उनको यो होलसेल व्यवसाय हो । उनको पसलमा जापनीज,थाई, ईन्डियन रेष्टुरेन्टका लागी आवाश्यक सामानहरु बिक्री गरीन्छ ।
दैनिक १५ हजार युरो नेपालीमा लगभग २० लाखको कारोबार हुने बानियाँले बताए । सुरुमा सानो व्यवसाय गरेको उनले विस्तारै व्यवसायमा लगानी बढाउदै आएको बताउछन । यो संगै उनी नेपालमा पनि लगानी गर्न तयार रहेको बताउछन् । हेटौडा १८ हर्नामाडीमा कृषिको काम सुरु भैसकेको पनि उनले बताएका छन । नेपालमा व्यवसायीक वातावरण बन्न सके लगानी भित्राउने सोच रहेको उनले बताएका छन ।
बानियाँले नेपालबाट खाली हात आएर यत्रो काम गर्नु भनेको चानचुने होईन । उनको सुसी बेल्जियममा ५ जना कर्मचारी कार्यरत रहेको उनले बताएकाछन । नेपालमा रहदा निर्माण व्यवसायी रहेका बानियाँ छात्रवृतिमा अध्ययनको लागी बेल्जियम आएका थिए । हेटौडा १८ मा रहेको ज्योती माविबाट एसएलसी पास गर्दै आरआर क्याम्पसबाट आईए पास गरेका उनले त्रिचन्द्र कलेजबाट स्नातक पास गरेका थिए । उनले नेपालमै रहदा २०५६ सालमा पुर्खौली जग्गामा मल्टिप्रपोज फार्मीग सेन्टर व्यवसायको सुरु गरेको उनले बताए । उतिबेलानै १५ बिगाहा जग्गामा एक करोड लगानीमा व्यवसाय सुरु गरेका उनले नेपालमा माओवादी द्धन्द र निकै गर्मी भएका कारण तथा बिग्रदो परिस्थीतीले एक वर्षमै त्यो व्यवसाय दाईलाई हस्तान्तरण गर्नु परेको उनले सुनाए ।
उतिबेला हजुरबुबाले व्यवसायमा लाग्न पेरणा दिएकाले आज आफु यो क्षेत्रमा स्थापित भएको उनको तर्क रहेको छ । राजा विरेन्द्रको परिवारको देहान्त पछि नेपालमा असुरक्षा लागेकाले नेपाल छाड्ने मनस्थिती बनेको उनले बताए । अहिले उनी बेल्जियममा यत्ति ठुलो व्यवसाय गर्ने नेपालीहरु मध्येमा पर्दछन । भविष्यमा नेपालको पुरानो मल्टिप्रपोज कृषि पेशालाई निरन्तरता दिने उनको सोच छ ।
अहिले पनि हर्नामाडीमा पुरानो काम भइरहेको पनि उनले बताए । एउटा नेपालीले विदेशमा रहेर यत्ति ठुलो व्यवसाय गर्नु चानचुने होईन । बानियाँ अहिले बेल्जियमा पनि निकै चर्चित व्यवसायका रुपमा परिचितछन । नेपाल सरकार र मकवानपुरले चाहेमा उनी आफुले विदेशमा बसेर जानेको सीप सोच अध्ययन र भिजन ल्याउन तयार रहेको बताउछन् ।