इन्द्रसरोवर \ मोवाइल एशोसिएसन अफ नेपाल मकवानपुरले आफ्नो वार्षिक कार्ययोजना तथा कार्यक्रमहरु तयार पारेको छ । इन्द्रसरोवरको मार्खुमा शुक्रबार र शनिबार आयोजित वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रममा कार्यक्रमहरु तय गरिएको हो ।
म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईको अध्यक्षतामा बसेको बैठकमा म्यान मकवानपुरका संस्थापक अध्यक्ष एंव नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रीय सदस्य र बागमती प्रदेश संयोजक छतेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा कार्ययोजनाहरु निर्माण गरिएको हो । कार्यक्रममा म्यान मकवानपुरका सल्लाहकार कुमारमणि त्रिपाठी, प्रेस सल्लाहकार श्रीराम अर्जुन लगायतको आतिथ्यता रहेको थियो ।
शुक्रबार एशोसिएसनले २ वर्षका लागि विभिन्न कार्यक्रमहरु तयार पारेको छ । म्यान मकवानपुरको स्थापना दिवसमा सप्ताहव्यापी रुपमा कार्यक्रम गरिनुका साथै विजनेश मोटिभेसनल कार्यक्रम, व्यवसायीलाई कर सम्बन्धी तालिम, आँखा शिविर, रक्तदान, स्वास्थ्य शिविर, मकवानपुर उद्योग वाणिज्य संघमा सदस्यता वृद्धि गर्ने, प्रशासनको सहकार्यमा ग्राहक सम्झौता कार्ड लागु गरिने, मकवानपुरको पूर्वी क्षेत्र सहित जिल्लाभर सदस्यता वृद्धि गरिने जस्ता कार्यक्रमहरु तय गरिएको छ ।
त्यस्तै, मोवाइल सम्बन्धी मर्मत तालिम, सदस्यहरुको दुर्घटना बिमा र विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार छुट कार्ड कार्यक्रम गरिने भएको छ । म्यान मकवानपुरले बनभोज कार्यक्र, अन्तरजिल्ला अवलोकन तथा भ्रमण, म्यूजिकल नाइट, दशैं तिहार लक्षित उपहार योजना कार्यक्रम र हेटौंडामा मोवाईल एक्पो सञ्चालन गरिने तय भएको अध्यक्ष चौलागाईले बताएका छन् ।
यसैगरि संस्थाको ब्राण्डिङ, म्यान मकवानपुरको लोगो प्रत्येक सदस्यको पसलमा टाँस्ने, तीज लक्षित स्लो स्कुटी कार्यक्रम, नियमित अन्य कार्यक्रमहरु नियमितनै सञ्चालन गरिने जस्ता क्रियाकलापहरु गरिने महासचिव राजकुमार दाहालले बताए । कार्ययोजना बनाउन संस्थापक अध्यक्ष एंव प्रदेश संयोजक छतेन्द्र आचार्यले सहजिकरण गरेका थिए ।