हेटौंडा \ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ मकवानपुरको सभापतिमा सुवास सापकोटा चयन भएका छन् । शनिबार भएको जिल्ला भेलाले सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।
संघको उपसभापतिमा सन्तोष चौलागाई, केशव भारती, आकाश भट्टराई, शुसन रुम्बा चयन भएका छन् । त्यस्तै, सचिवमा सुनील भोम्जन र आशिष बास्तोला, सह-सचिवमा सुमन अर्याल, लक्ष्मण खनाल र राजिव फुयाँल, कोषाध्यक्षमा दीपेन्द्र तिवारी चयन भएका छन् ।
समितिको सदस्यहरुमा सागर घिमिरे, युवराज विक, बुद्ध ब्रामु, नवराज तामाङ, मोहमद सकिल अहमद, सुनील कुशवहा, समिर जम्कट्टेल, सम्झना थापा, बर्षाद घिमिरे, राजन प्रजा, अर्जुन बहादुर मगर, निकिता श्रेष्ठ, दिनेश ढकाल, भुवन घलान, विनोद लामा र टेकेन्द्र राउत रहेका छन् । जिल्लो भेलाले मिलन पुडासैनी, लक्ष्मीकान्त पौडेल(सुरेन्द्र),सन्तोष धिमाल र उमेशलाल स्याङ्तानलाई केन्द्रीय प्रतिनिधिको रुपमा सिफारिश गरिएको छ ।
संघका सभापति राजु खतिवडाको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।