मनहरी \ मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरको पश्चिमी क्षेत्रको अध्यक्षमा हिमशिखर भ्लोन चयन भएका छन् । सोमबार भएको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले भ्लोनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा सौगात श्रेष्ठ, उपाध्यक्षमा रुकेश श्रेष्ठ, महासचिवमा रुद्रबहादुर मुक्तान, सचिवमा वीरबहादुर गोले, कोषाध्यक्षमा भगवान रौनियार, सह-कोषाध्यक्ष एनिष कर्माचार्य चयन भएका छन् ।
एशोसिएसनको सदस्यहरुमा ईशाक प्रजा, सुमित मधिकर्मी , निरज रिमाल, सुवास भट्ट चयन भएका छन् ।
एशोसिएसनका अध्यक्ष चन्द्रमणी पाठकको सभाध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघका सदस्य तथा पश्चिमी क्षेत्रका सभापति नारायण सुवेदीको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रीय सदस्य एंव बागमती प्रदेश संयोजक छतेन्द्र आचार्य, म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा म्यान मकवानपुरका निवर्तमान अध्यक्ष दिनेश लामा, निर्माण सामाग्री व्यवसायी संघका उपाध्यक्ष नारायण बर्तौला, मउवा संघ पश्चिमी क्षेत्र सदस्य दीपक रिमाल, कपडा व्यवसायी संघ पश्चिमी क्षेत्रका अध्यक्ष गोविन्द अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुरको पश्चिमी क्षेत्र मनहरी र आसपासका क्षेत्रमा मोवाईलको कारोबार गर्ने व्यवसायीहरुलाई एकबद्ध गरि एशोसिएसनले आफ्नो क्षेत्र विस्तार गरेको छ । एशोसिएसनले उत्तरी क्षेत्र थाहानगरमा पनि शाखा विस्तार गरि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।