हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाले आफ्नो स्थापना दिवस पारेर उपमहानगरलाई अहिले सम्मको अवस्थामा पु¥याउने पुर्व जनप्रतिनिधि देखि हेटौंडाको विकासमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका २३ जनालाई सम्मानित गरेको छ ।
उपमहानगरको ५४ आंै स्थापना दिवसमा आयोजित कार्यक्रममा उपमहानगरका पहिलो प्रमुख हरीबहादुर महत, तत्कालीन हेटौंडा नगरपालिकाका २ पटकका नगर प्रमुख डोरमणी पौडेल र निरशंकर श्रेष्ठलाई सम्मान गरीएको हो । नगरपालिकाको स्थापना देखि नगरको विकास र जनमानस बीच नगरलाई पु¥याउन भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको उपमहानगरले जनाएको छ । त्यस्तै हेटौंडा नगरपालिकाका संस्थापक नगरप्रमुख बासुदेव रिजाललाई मरणोप्रान्त सम्मान प्रदान गरिएको छ ।
स्थापना दिवस पारेर उपमहानगरले नगरको विकासमा योगदान पु¥याएको मुल्याङकन गर्दै पत्रकारीता क्षेत्र तर्फ गोरखापत्र दैनिकका राममणी दाहाल, शिक्षा तर्फ डेण्टीजंग शाह, वातावरण तर्फ श्यामप्रसाद श्रेष्ठ, खेलकुद तर्फ फुटबलकी पेमा डोल्मा लामा, सामाजिक क्षेत्र तर्फ चन्द्रबहादुर घलान, हिरादेवी दाहाल, साहित्य तर्फ तुल्सी थापा, स्वास्थ्य तर्फ वेला तुलाधर वैद्य, धार्मिक तर्फ ईश्वरी प्रसाद न्यौपाने, इतिहास खोजकर्ता तर्फ केदार प्रसाद न्यौपाने र शिक्षामा पहिलो महिला प्रधानाध्यापक बेली थापालाई सम्मान गरीएको हो ।
उपमहानगरले २०२६ सालमा तत्कालीन नगरपञ्चायतको पहिलो माइनुटमा हस्ताक्षर गर्ने पुष्पहरी जोशी, गोपाल शर्मा, निरशंकर श्रेष्ठ, लक्ष्मी नेपालीलाई सम्मान गरेको छ भने तत्कालीन हेटौंडा क्षेत्र पञ्चायतका प्रधानपञ्च बुद्धिलाल राजथलालाई मरणोप्रान्त सम्मान गरिएको थियो । त्यस्तै तत्कालीन उपप्रधानपञ्च तीलक प्रसाद दुलाल, शम्भुप्रसाद भट्टराईलाई सम्मान गरिएको छ । उपमहानगरले भीमफेदीमा रहेको जिल्ला सदरमुकामलाई हेटौंडा ल्याउन महत्वपुर्ण भूमिका खेलेको भन्दै तत्कालीन मकवानपुर जिल्ला पञ्चायतका पहिलो महिला सभापती ओमूटेम्पा लामालाई सम्मान गरिएको थियो ।
५४ औं स्थापना दिवसमा बागमती प्रदेशका प्रदेश प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि यादवचन्द्र शर्मा, हेटौंडा उपमहानगरका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सम्मान पत्र हस्तान्तरण गरेका थिए । स्थापना दिवस पारेर हेटांैडा उपमहानगरपालिकामा कार्यरत २५ वर्ष सेवा अवधि पुरा गरेका ३८ कर्मचारीलाई दीर्घसेवा पदक, नगद २५ हजार राशी सहित बारुण यन्त्र र नगर प्रहरीका ९ जनालाई कर्तव्य निष्ट र ९ जना उत्कृष्ठ कर्मचारीलाई नगद ७५ हजार रुपियाँ सहित सम्मान गरिएको थियो ।
स्थापना दिवस पारेर हेटौंडा नगरपञ्चायतका पहिलो नगर प्रमुख स्वर्गिय बासुदेव रिजालको संगम चौकमा रहेको अर्धकदको प्रतिमा उपमहानगरको प्राङगढमा स्थानान्तरण गरी अनावरण गरीएको छ । नगरप्राङगढमा स्थापना गरिएको अर्धकदको प्रतिमा प्रदेश प्रमुख शर्मा, पुर्व नगर प्रमुख डोरमणि पौडेल, हरिबहादुर महत सहित उपमहानगरका वर्तमान प्रमुख र उपप्रमुखले गरेका थिए । स्थापना दिवसमा नगर घण्टको स्थापना, हेटौंडा दर्पण स्मारिकाको विमोचन र डिजिटल सुचना पार्टी राखिएको छ ।