थाहानगर \ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उत्तरी क्षेत्रको एकमात्रै उच्च शिक्षा प्रदान गर्ने पालुङ बहुमुखी क्याम्पसलाई प्रदेश सरकारबाट निरन्तर सहयोग हुने बताएकी छिन् ।
शुक्रबार क्याम्पसको २० औं वार्षिकोत्सव तथा परिषद् भेलाको उद्घाटन गर्दै पालुङ क्याम्पसको लागि यस वर्ष पनि सामाजिक विकास मन्त्रालयले २५ लाख रुपैयाँ विनियोजन गरेको बताइन् । उनले थाहा नगरबाट सामाजिक विकास मन्त्रालयमा शैक्षिक व्यवस्थापन सुधार विकासका लागि प्राप्त भएको सबै योजनालाई संबोधन गरिएको बताइन् ।
वार्षिकोत्सव तथा परिषद् भेलामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले क्याम्पसको वार्षिक नीति र कार्यक्रम प्रस्तुत गर्दै पालुङ क्याम्पसलाई मकवानपुर उत्तरी क्षेत्रको महत्त्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
भेलामा क्याम्पस प्रमुख राजन मिश्रले क्याम्पसको वर्तमान अवस्था र भावी योजनाको सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्याम्पसका लेखापाल मधुसूदन रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज कुमार खनाल, जनकल्याण माविका प्रधानाध्यापक तथा क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष सानोभाई कार्की, थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामा, भूमि सम्बन्धी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी, नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष विनोद कुमार लामा, नेकपा एमाले थाहा नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, राप्रपा थाहा नगर अध्यक्ष नवीन रायमाझी, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, प्याव्यन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, फरक सोचका अध्यक्ष यादव रायमाझी लगायत परिषद सदस्यहरु, क्याम्पस संचालक समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, प्राध्यापक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
वार्षिकोत्सवको अवसरमा पालुङ क्याम्पसका प्रथम व्याचका विद्यार्थी नानुमैया प्रधानलाई विद्यावारिधीको तयारी गरिरहेको भन्दै सम्मान गरिएको थियो । सोहि अवसरमा उत्कृष्ट प्राध्यापक अंग्रेजी विषयका गोपाल उप्रेती, विगत १३ वर्ष क्याम्पस प्रमुखको जिम्मेवारीमा रही क्याम्पसको प्रगतिको लागि खटिएकोमा पूर्व क्याम्पस प्रमुख रामहरि अधिकारीलाई सम्मान गरिएको थियो ।
त्यस्तै क्याम्पसको सुचना प्रवाहमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा थाहापाटी अनलाइनका सम्पादक शम्भु अधिकारी र क्याम्पसको भौतिक निर्माण कार्यमा योगदान पुर्याएबापत श्रवण लामालाई सम्मानित गरिएको थियो।
परिषद् भेलाले पुनः विष्णु बहादुर विष्टको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति चयन गरेको छ । समितिको सदस्यहरुमा सहदेव ढकाल, सरोज कुमार खनाल, सगुन कुमार ढकाल, रीता प्रधान, जुजुभाइ प्रधान, केदार कार्की, सुरेन्द्रमान प्रधान, विमल कुमार ढकाल, सुदर्शन कार्की र मनोज कुमार अधिकारी रहेको निर्वाचन अधिकृत उमेश श्रेष्ठले बताएक छन् ।