हेटौंडा \ बागमती प्रदेशको राजधानी हेटौंडामा तीनपाङ्ग्रे सवारी साधनमा स्टिकर टाँस गरिएको छ । विहीबार जिल्ला ट्राफिक कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै तीनपाङ्ग्रे सवारी साधन अटो, ईरिक्सा मयुरीहरुमा स्टिकर टाँस गरिएको हो ।
हेटौंडा उपमहानगरले नगरभित्र सञ्चालित अटो मयुरीहरुको व्यवस्थापन कार्यक्रम अन्तरगत स्टिकर टाँस गरिएको हो । उपमहानगरका मेयर मिनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख किरण बज्रचार्य, उपमेयर राजेश बानियाँ, मकवानपुर प्रहरी प्रमुख बामदेव गौतमले सम्पूर्ण कागजात पुरा भएका अटो मयुरीमा हरियो कलरको स्टिकर टाँस्नुभएको थियो ।
साघुँरो सडक अस्तव्यस्त पार्किङ र बढ्दो तीनपाङ्ग्रे सवारी साधन रहेकाले हेटौंडामा चाप बढेकाले सवारी साधन अनुमति पत्र, दर्ता नविकरण, सडक परमिट लगायत विभिन्न तोकिएको नियममा पास हुनेलाई मात्र स्टिकर टाँस गरिएको थियो । जिल्ला ट्राफिक कार्यालयबाट नगरभित्र सञ्चालन हुने सवारी साधनलाई कागजपत्र पुराहुनेलाई स्टिकर टाँस्ने जनाइएको छ ।
उपमेयर राजेश बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा मेयर मिनाकुमारी लामाको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा उपहानगरका वढा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख किरण बज्रचार्य, जिल्ला प्रहरी प्रमुख बामदेव गौतम, ट्राफिक प्रमुख मुनेन्द्र थापा, अटो रिक्सा व्यवसायी संघका प्रतिनिधिहरु त्था चालकहरुको उपस्थिती रहेको थियो ।
सोही अवसरमा असल चालक जो अहिले सम्म कारवाहीमा नपरेका मध्येबाट कृष्णप्रसाद दुलाल र इन्दिरा सापकोटालाई नगद सहित सम्मान गरिएको हो ।