हेटौंडा \ बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले प्रदेशभर शान्ति सुरक्षा मजबुत बनाउने कुरा आफु प्रतिवद्ध रहेको बताइकी छिन् । आफु इन्टर पोलमा रहेर विभिन्न अपराधिहरु पक्राउ गर्न सफल रहेकाले प्रदेशभित्र चुस्तदुरुस्त हुने गरी काम गरिने बताइन् ।
बिहीबार प्रदेश प्रहरी कार्यालयमा मकवानपुरे पत्रकारसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेश मतहतका जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानीय तहसँग, स्थानीय नागरिकसँग समन्वय गरी अगाडी बढ्ने बताइन् ।
प्रदेशमा भएको बढ्दो सामाजिक अपराध, लागुऔषध कारोबार, अवैध हातहतियारको प्रयोग, बलात्कार,विपद् व्यवस्थापन, घरेलु हिंसा जस्ता कार्यको नियन्त्रणमा संचारजगतको पनि आवश्यकता र समन्वय रहने हुदा समन्वय र सहकार्य गरि कार्य सम्पादन गरिने बताइन् ।
आफुले प्रदेश प्रहरी प्रमुखको नेतृत्व समालिसकेपछि १० जिल्लाका प्रहरी प्रमुखलाई शान्ति सुरक्षा कायम गर्न,प्राकृतिक दोहनका घटना नियन्त्रण,हत्या अपराध न्यूनीकरणका पनि कसुर बाँकी नराख्न निर्देशन दिइसकेको जानकारी गराइन् । उनले गो होम कार्यक्रम, विद्यार्थी सँग प्रहरी र टिचर सँग प्रहरी कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिने बताइन् ।
कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रवक्ता एंव वरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले बागमती प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्षको घटनाको अवस्थाका, अपराध नियन्त्रण,भन्सार छलेर ल्याएका सामान नियन्त्रणा लिएको, सवारी दुर्घटना, हत्या अपराध, बलात्कारका घटना, जवरजस्ती करणी,सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका बारेमा पत्रकारलाई जानकारी गराएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, निवर्तमान अध्यक्ष प्रताप विष्ट,पत्रकार महासंघ बागमती सदस्य सुदीप शिवाकोटी, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, निवर्तमान अध्यक्ष हरि हुमागाई, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुकुमार थापा लगायत सहित मकवानपुरमा क्रियाशील विभिन्न संचार गृहका पत्रकारहरुको सहभागिता रहेको थियो।