हेटौंडा \ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशले कृषि अनुसन्धान, प्रसार र शिक्षा रि फोरम गठन गरेको छ । कृषि अनुसन्धान, प्रसार र शिक्षा बीच प्रत्यक्ष समन्वय र सहकार्य गरी कृषि अनुसन्धानवाट प्राप्त नतिजालाई किसानको खेतवारीसम्म पुर्याई किसानको समस्या हल गर्न, किसानले कृषि कर्म गर्दा भोग्नु परेका समस्या र समय अनुसारका प्रविधि ज्ञान सीपलाई समेत ध्यान दिई समिति गठन गरेको हो । अनुसन्धान सगँ जोड्न र कृषि पशुपन्छी व्यवसायलाई व्यवहारीकबनाई दीगो कृषि विकासको लागि मन्त्रालयले अनुसन्धान, प्रसार र शिक्षा रि फोरम गठन गरेको छ । समितिको संयोजक कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रहने गरि समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा कृषि विकास निर्देशनालय, बागमती प्रदेशका प्रमुख, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेशका निर्देशक, कम्तिमा ३ जना क्याम्पस प्रमुख र सह-प्राध्यापक, कृषि विश्वविद्यालयका प्रतिनिधि, २ जना वैज्ञानिकस्तर, नेपाल कृषि अनुसन्धान परिषद् ९कृषि र पशुपन्छी गरी २जना० प्रतिनिधि, कृषि विकास महाशाखा, मन्त्रालयका प्रमुख, योजना तथा अनुगमन महाशाखा मन्त्रालयका प्रमुख, पशुपन्छी विकास महाशाखा मन्त्रालयका प्रमुख, मन्त्रालयबाट मनोनित एक जना महिला सहित २ जना कृषक प्रतिनिधि, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशका अधिकृत सदस्य सचिव रहनेगरि समिति निर्माण गरिएको छ ।
रि फोरमको बैठकमा सम्बन्धित विषयका बढीमा ३ जना विज्ञहरुलाई आमन्त्रण गर्न सकिने जनाइएको छ । हरेक महिना बैठक मन्त्रालयमा बसी आवश्यक काम कारवाही गरिने जनाइएको छ । रि फोरमको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजना तथा अनुगमन महाशाखाले सचिवालयको रुपमा कार्य गर्ने बताइएको छ ।
रि फोरमले कृषि अनुसन्धान, प्रसार र शिक्षा क्षेत्रमा भईरहेका गतिविधिहरुको समिक्षा गर्ने, मन्त्रालयलाई दीगो कृषि विकासको लागि पृष्ठपोषण गर्ने, कृषि क्षेत्रमा देखिएको समस्याको पहिचान गर्दै दिर्घकालिन समाधानका उपायहरु बारे विचार विमर्श गर्ने, समन्वय र सहकार्यको आधारहरु तयारपार्ने, मन्त्रालय र मातहतका कार्यालयहरुवाट सम्पादन भएका कार्यक्रमहरु अनुसन्धान, शिक्षा र प्रसारसँग जोड्न भूमिका निर्वाह गर्ने, कृषि क्षेत्रमा नयाँ कुनै प्रकारको रोग एवम् समस्या देखिएमा तत्काल समाधान गर्न समन्वय र पहल गर्ने, र कृषि अनुसन्धानप्रसार र शिक्षासम्बन्धि रणनिती र योजना तयार गर्ने रि फोरमका संयोजक एंव मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले बताए ।