कैलाश \ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ घैराङ्गमा रहेको श्री जीवन ज्योति प्राथमिक विद्यालयमा रोटरी क्लब अफ मकवनपुरले ट्रयाक सुट तथा शैक्षिक सामाग्री सहयोग गरेको छ। शनिबार एक कार्यक्रमका बीच कक्षा १ देखि ५ सम्मका १२३ जना विद्यार्थीहरुलाइ ट्रयाक सुट तथा झोला,किताब,कापी,पेन्सिल लगायतका सामाग्री हस्तान्तरण गरिएको हो।
क्लबका अध्यक्ष कृष्णबहादुर कार्किले ३२ वर्ष अगाडि यस गाउँमा आउँदा र अहिले आउँदा उस्तै अवस्था रहेको बताए ।स्थानीय सरकारले यस क्षेत्रको सुधारका लागि आवश्यक पहल गरिदिन वडाध्यक्ष मार्फत आग्रह गरेका छन् । घैराङ्ग गाउँको अवस्थालाई परिवर्तन गर्न आफु पनि तयार रहेको बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडा ९ का वडा अध्यक्ष भुवन सिंह घलानले भूगोलको हिसाबले एउटा भेगनै छुट्टीएर बसेको र पछाडी परेको यो गाउँ र विद्यालयलाइ सहयोग गरेकोमा रोटरी क्लबलाई धन्यवाद दिएका थिए । उनले वडा र गाउँपालिकाबाट हुने भौतिक तथा सामाजिक परिवर्तनका लागि काम गरिने समेत बताएका छन् ।
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष भुवन सिंह घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष ज्ञानकृष्ण प्रजापति ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डबल बहादुर गोले, जिद्यालयका प्रअ सीताराम रुम्बा, रोट्र्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदीप कुमार राइ र रोटरी क्लब अफ मकवानपुरका सदस्यहरुको उपस्थित रहेको थियो।
विश्व सिंह रुम्बाको संयोजकत्वमा भएको कार्यक्रममा एक लाख तीस हजार बराबरको ट्रयाक सुट र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो।