नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ लाई पोर्चुगलमा रहेका नेपाली दर्शकहरुले रुचाएका छन । यहाँका दर्शकहरुले‘छक्का पञ्जा’को पाँचौ संस्करणको डिमाण्ड पनि गरेका छन् । चलचित्रले उठाएका विषय वस्तु तथा सम्बादहरुले दर्शक्हरुलाई आर्कषण गरेको छ । पोर्चुगलमा रहेको आईडल सिनेमाहलमा मार्चको ५ देखी ७ सम्म तीन शो प्रर्दशन गरीएको चलचित्र तीन शोनै हाउसफुल प्रर्दशन भएको छ ।
पोर्चुगलमा खासै नेपाली चलचित्रहरु प्रर्दशन भएका छैनन् । प्रर्दशन भएका चलचित्रहरु पनि उल्लेख्य दर्शकहरुको साथ थिएन तर ‘छक्का पञ्जा ४’ भने आक्रमक व्यापार भएको आयोजक नेप ईन्टरटेनमेन्टले बताएको छ । नेप ईन्टरटेनमेन्टले पोर्चुगलमा यो चलचित्रको प्रर्दशन चाजोपाँजो गरेको थियो ।
नेपाली चलचित्रलाई पोर्चुगलमा बसेर हेर्न पाउदा यहाँका नेपाली दर्शकहरुले खुलेर व्यवस्थापन पक्षलाई धन्यवाद दिएकछन् । हेमराज विसी निर्देशित यो चलचित्रमा दीपकराज गिरी,दीपाश्री निरौला, केदार घिमिरे, बुद्धी तामाङ, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज आचार्य लगायतको अभिनय रहेको छ ।
चलचित्रमा समसामयिक विषय वस्तु र मौलिक अभिनयले आम दर्शकहरुको मन छोएको प्रतिकृया आएको छ । चलचित्रमा समावेश गीत संगीत तथा हाँस्यप्रस्तुती अभिनयले नेपाली दर्शकहरुले नेपालमै चलचित्र हेरेको आभाष गरेकाछन ।
उनीहरुले चलचित्रमा माग्नेबुढा, दीपकदीपा तथा बुद्धि तामाङको अभिनयलाई विशेष रुचाएकाछन । देशमा विकशित राजनितिलाई चलचित्रले टप्पकै टिपेको छ । लामो समय विदेश रहेका नेपालीहरुले पनि चलचित्र हेरे मनोरञ्जन लिएका छन् ।