हेटौंडा \ गैरसरकारी संस्था (गैसस) महासंघ मकवानपुरको अध्यक्षमा रमिला सापकोटा निर्वाचित भएका छन् । महासंघको नवौँ अधिवेशनले सापकोटाको अध्यक्षतामा १५ सदस्य जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष कुमारी वाइवा, सचिव सन्तोष पौडेल, सह-सचिव गोकर्ण तिवारी, कोषाध्यक्ष लक्ष्मी मोक्तान चयन भएका छन् । महासंघको सदस्यमा अन्जनप्रसाद पौडेल, लक्ष्मी श्रेष्ठ, विष्णु धिताल, सौजन डिसी, सन्दिप शाक्य, सम्राट सिलवाल, बालकुमारी डल्लाकोटी, सविना न्यौपाने, कल्पना विक र शान्ती स्याङ्वो रहेका छन् ।
गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको अध्यक्षतामा शनिबार भएको नवौं अधिवेसन हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो ।
कार्यक्रममा महासंघलाई विभिन्न चरणमा योगदान पुर्याउनेहरुलाई सम्मान गरीएको थियो । अधिवेशनमा गैसस महासंघ केन्द्रीय सचिव बुद्धशरण लामा, गैसस महासंघ बागमती प्रदेश समितिकी अध्यक्ष आरती पाठक, जिल्ला प्रहरी प्रमुख बामदेव गौतम लगायतको आतिथ्यता रहेको थियो ।