हेटौंडा \ पछिल्लो समय मधेश प्रदेशको बसाई गन्तव्य रोजाइमा परेकोे हेटौंडामा चालु आर्थिक वर्षमा भवन निर्माणको दर निकै कम्जोर देखिएको छ । अघिल्लो आर्थिक वर्षमा निर्माण भएका भवन संख्याको आधारमा चालु आर्थिक वर्ष २०७९\०८० मा कम देखिएको हो । भवन निर्माण दरका आधारमा हेटौंडामा बसाईका लागि आउँनेको संख्या पनि कमी आएको आकलन गर्न थालिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको योजना तर्जुमा तथा पुर्वाधार विकास महाशाखा भवन अनुमती तथा मापदण्ड कार्यान्वयन शाखाको तथ्याङ अनुसार चालु आर्थिक वर्षको २०७९\०८० को माघ सम्ममा २३३ वटा भवन निर्माणको नक्सा पास भएको देखिएको छ । अहिलेको तुलनामा अघिल्लो वर्ष करिब ५ सयको संख्यामा भवन निर्माण अनुमति लगिसकेको अवस्था रहेको शाखाले जनाएको छ ।
शाखाका अनुसार चालु आर्थिक वर्ष २०७९\०८० को माघ सम्म २११ नम्सा इजाजत लिन पालिकामा पेश भएको छ भने ११ वटा नक्सा म्याद थप भएको देखिएको छ । चालु वर्षमा ६० वटा नक्सा नामसारी भएको पाईएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म सार्वजनिक सडक र प्लानि· स्वीकृतीको काम नभएको महाशाखा प्रमुख सत्यनारायण साहले बताए ।
तथ्याङक अनुसार चालु आर्थिक वर्षको माघ मसन्त सम्म सबै भन्दा बढी भवन निर्माण इजाजत हेटौंडा–५ मा ६२, हेटौंडा–८ मा ३३, हेटौंडा–७ मा २२, हेटौंडा २ मा १२ र हेटौंडा ६ मा ११ वटा रहेको देखिएको छ भने अन्य वडामा न्यून संख्यामा रहेको जनाएको छ । तथ्याङक अनुसार साउनमा सबै भन्दा बढी ४३, भदौंमा ३०, असोजमा ४१, कार्तिकमा १५, मंसिरमा ३६, पुषमा ३७ र माघमा ३१ वटा इजातज लिने कार्य भएको प्रमुख साहले बताए ।
महाशाखा प्रमुख साहका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्षको सुरुबाटै देखिएको आर्थिक मन्दीका कारण भवन इजाजत लिने संख्यामा कमी आएको हो । उनले भने ‘सबैतिर आर्थिक समस्या छ कसरी भवन निर्माणको काम हुनु ।’ बैंक तथा वित्तीय संस्थाले लगानी नगरे सम्म अहिले भवन निर्माण हुने र बजारमा आर्थिक कारोवारमा सुधार नआएसम्म अवस्था यस्तै रहने उनको बुझाइ छ । अहिले नगरका १९ वटै वडामा न्यून संख्यामा भवन निर्माणको काम भएपनि लगानी अपुग हुँदा बनेका घरहरु पनि पुरागर्न नसकेर म्याद थप गर्नुका लागि निवेदन आउँने क्रममा रहेको उनले बताए ।
भवन अनुमती तथा मापदण्ड कार्यान्वयन शाखाका अनुसार अघिल्लो आर्थिक वर्षमा नक्सा पास ७४९, नक्सा दर्ता ७४८, म्याद थप ४९, नक्सा नामसारी १०९, सडक सार्वजनिक १४ र प्लानि· स्वीकृत १३ वटा भएको थियो ।