हेटौंडा \ हेटौंडामा शनिबार हेटौंडा कोरा साइकलिङ हुने भएको छ । हेटौंडा राइडर्स क्लबले आयोजना गर्न लागेको हेटौंडा कोरा साइकलिङ २०२२ भोली शनिबार हेटौंडामा हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष विकास ताम्राकारले ५० किलोमिटरमा हेटौंडा कोरा साइकलिङ कार्यक्रम गरिने बताए । हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु भई फरेष्ट्रि कर्रा गुम्बा हुदैं कमलडाँडा, पशुपति मन्दिर, हुप्रचौर, परिजातपथ हुदैं कान्तिराजपथ, बुद्धचोक, वन कार्यालय, जलेश्वर मन्दिर, वनस्खण्डी, मनकामना चोक, सानोपोखरा, पिप्लेबाट हेटौंडा रिसोर्ट हुदैं चौघडा पुग्ने रुट रहेको बताए ।
उनले चौघडाबाट चुच्चेखोला, राजदेवी , फुर्केचौर गुम्बाडाँडा, हटिया, कमाने हुदैं औद्योगिक क्षेत्रबाट हेटौंडाको बुद्धचोकमा आइ समापन हुने बताए । गुम्बाडाँडामा खाना सहित हेटौंडेली बाण्ड अनविग्यले लाइभ कन्र्टस गर्ने कार्यक्रम समेत रहेको बताए ।
धार्मिक तथा पर्यटकीय क्षेत्रको परिक्रमा गर्दै हेटौंडा कोरा साइकलिङ कार्यक्रम गरिने उनले बताए । कार्यक्रममा करिब २ सय भन्दा बढी सहभागिले सहभागिता जनाउने बताउदैं अध्यक्ष ताम्राकारले कार्यक्रममा बारा, पर्सा, काठमाडौं र मकवानपुरका राइडर्सहरुले सहभागिता जनाउने बताए ।
१६ वर्ष माथीका उमेर समूहले नाम दर्ता गर्न मिल्ने भन्दै दर्ता शुल्क पाँच सय रहेको बताए । हेटौंडा कोरा साइकलिङकमा १५ देखी २० जना महिला राइडर्सले समेत सहभागिता रहने जनाइएको छ । हेटौंडा कोरा साइकलिङमा साइकलका खेलाडीहरु समेत सहभागि बन्ने जनाइएको छ ।