हेटौंडा \ संघीय वन मन्त्रालयका कर्मचारीहरुद्वारा हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको अवलोकन गरेका छन । जैविक विविधताको कसरी संरक्षण गर्न सकिन्छ भन्ने उद्धेश्यका साथ सामुदायिक वन समूहको भावना बुझने कामको लागि उक्त टोली रानी सामुदायिक वनमा आएको हो ।
टोलीलाई रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, सचिव नानीमाया रुम्बा, कार्यालय सचिव भीमसेन पौडेल,चुच्चेखोला सामुादयिक वनका उपाध्यक्ष उमेश अधिकारी, सचिव राधिका विडारी र कार्यालय सचिव केदार गौतम लगायतकाले सामुदायिक वनले जैविक विविधताको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।
छलफलमा जैविक विविधता, सालक संरक्षण, आयआर्जन, वन्यजन्तुबाट पुगेको क्षेति, वन व्यवस्थापन, संस्थागत विकास लगायतका विषयहरुमा समेत छलफल गरिएको थियो ।
संघीय वन तथा वातावरण मन्त्रालयका उपसचिव राजेन्द्र ढुङगानाको नेतृत्वमा आएको भ्रमण टोलीमा पूर्व सचिव डा. कृष्ण प्रसाद आचार्य, हेमलाल अर्याल, डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटा लगायतको उपस्थिति रहेको थियो ।