हेटौंडा \ मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुर मकवानपुरले साहित्य महोत्सवको आयोजना गर्ने भएको छ । आगामी वैशाखमा हेटौंडा साहित्य महोत्सव–२०८० आयोजना गरिने आज संगमले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
साहित्यसहित हेटौंडाका विविध पक्षमा बहस तथा छलफलका लागि महोत्सवमा आयोजना गरिएको संगमकी अध्यक्ष अनिता न्यौपानले जानकारी दिइन् । हेटौंडा उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोगमा आयोजना गरिने महोत्सवका लागि नेपाल प्रज्ञा प्रतिष्ठानसहितका संस्थासँग सहकार्यका लागि छलफल भईरहेको उनले बताईन् । महोत्सव वैशाखको ८ र ९ गते आयोजना गरिने भएको छ ।
महोत्सवमा साहित्यिकका विभिन्न पक्षमा, हेटौंडाको विकासको बहस, कविता वाचन, गजल महफिल, मुक्तक वाचन, पुस्तक प्रदर्शनी, चित्रकला प्रर्दशनी, आदिवासी जनजातिका कथा लगायतका विषय रहेको अध्यक्ष न्यौपानले जानकारी दिइन् । मकवानपुरे साहित्यमा २०४४ सालदेखि क्रियाशील संगमले पहिलो पटक साहित्यिक महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवमा बागमती प्रदेशसहित देशका विभिन्न स्थानबाट साहित्यकारहरुको सहभागिता रहने जनाइएको छ । महोत्सव सम्पन्न गर्नका लागि ५ लाख लाग्ने अनुमान गरिएको छ । महोत्सवमा संगमले प्रदान गर्ने सम्मान पनि प्रदान गर्ने भएको छ ।
संगमले मकवानपुुर साहित्य श्री सम्मान २०७९ का लागि मकवानपुरमा रहि साहित्यकार÷गीतकार शम्भु बास्कोटालाई प्रदान गरिने भएको छ । जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यो सम्मान तत्कालीन जिविस मकवानपुरले दुई लाख राशीको अक्षयकोष मार्फत् स्थापना गरिएको थियो । यस्तै, हास्यव्यङ्गयकार भैरव अर्याल परिवारको सहयोगमा साहित्य संगम मकवानपुरले दुई लाख पचास हजारको अक्षयकोष स्थापना गरेको भैरव अर्याल स्मृति सम्मान २०७९ साहित्य लेखन, पत्रकारिता, व्यङ्ग्य र बज्जिका भाषामा निरन्तर साधनारत सञ्जय साहलाई प्रदान गरिने भएको छ । यसको राशी २१ हजार १११ रुपैयाँ रहेको छ ।
यसैगरी,हास्यव्यङ्गयकार आरसी रिजालले आफ्नो आमाको स्मृतिमा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार यसवर्ष ज्ञानदीप शिक्षा निकेतनकी उपासना थापालाई प्रदान गरिने भएको छ । जसको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार ९ देखि १२ कक्षामा अध्ययनरत छात्राहरु बीच चित्रकला प्रतियोगिता गराइ छनोट गरी प्रदान गर्न लागिएको हो । प्रत्येक वर्ष साहित्य तथा कलाका फरकफरक विधामा प्रतियोगिता गराइ यो पुरस्कार प्रदान गरिदै आइरहेको छ । यस्तै शिक्षासेवी डेण्डीजंग शाहले आफ्ने दिवंगत छोराको स्मृतिमा स्थापना गरेको शेषजंग स्मृति कथा पुरस्कार यसवर्ष बालजागृति सेकेन्डरी बोडिंग स्कुलकी छात्रा कृषाङ्गी अर्याललाई प्रदान गरिने भएको छ । जसको राशी ५ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार ९ देखि १२ कक्षामा अध्यययनरत छात्रछात्राहरु बीच कथा प्रतियोगिता गराइ छनोट गरी प्रदान गर्न लागिएको हो । प्रत्येक वर्ष साहित्यको कथा विधालाई यो पुरस्कार प्रदान गरिदै आइरहेको छ ।
यसैगरी, साहित्यकार विशाल अधिकारी (आशुतोष) ले आफ्नो पिताको सम्झनामा स्थापना गरेको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान यस वर्ष छन्दकवि सुदेश सत्याललाई प्रदान गरिने भएको छ । जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यस्तै, हाल अमेरिका निवासी दीपक मुडभरीले आफ्नो मातापिताको नाममा स्थापना गरेको सुभद्रादेवी– मदन मुडवरी स्मृति सम्मान २०७९ का लागि साहित्यकार पूर्णकला घिमिरेलाई प्रदान गरिने भएको छ । यसको राशी दश हजार रुपैयाँ रहेको छ ।
यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको स्मृतिमा स्थापना गरेको मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मान–२०७९ का लागि मकवानपुरमा जन्मेर काठमाडौं कर्मथलो बनाइ साहित्यमा सक्रिय स्रष्टा विना थिङलाई प्रदान गरिने भएको छ । जसको राशी दश हजार रुपैयाँ रहेको छ । यसैगरी, साहित्यसेवी मुुक्तिगोविन्द वैद्य र उनकी धर्मपत्नी तारादेवी वैद्यले स्थापना गरेको मुक्ति–तारा सम्मान २०७९ का लागि सुत्रकथाकार श्यामकृष्ण ज्ञवालीलाई प्रदान गरिने भएको छ । जसको राशी दश हजार रुपैयाँ रहेको छ ।
यस्तै,हाल अस्टे«लिया बसोबास गर्दै आएका साहित्यकार जेनन नेपाल र शर्मिला दुुलालले आफ्नो हजुरआमा हजुरबुुबाको स्मृतिमा स्थापना गरेको डम्बर पूर्णमाया स्मृति कविता सम्मान २०७९ का लागि साहित्यकार मनु मञ्जिललाई प्रदान गरिने निर्णय गरेको छ । जसको राशी २२ हजार २सय २२ रुपैयाँ रहेको छ । यो सम्मान पहिलोपटक प्रदान गर्न लागिएको हो । सङ्गमका संस्थापक मध्येका एक साहित्यकार केशव श्रेष्ठ ‘ज्योति’ ले साहित्य संगम मकवानपुरको नाममा स्थापना गरेको साहित्य संगम मकवानपुर स्मृति कृति सम्मान–२०७९ का लागि कथा संग्रह अपरिचित अनुहारका लागि साहित्यकार साहित्यकार महेश पौडेललाई प्रदान गरिने भएको छ । जसको राशी २५ हजार रहेको छ । यसै वर्षबाट प्रदान गरिन लागेको यस सम्मानका लागि २०७८ सालभित्र प्रकाशित भएका कथाका कृतिहरुबाट छनोट गरिएको हो ।
यसैगरी, साहित्यकारद्धय ऋषि के.बी र पुण्यशीला श्रेष्ठले आफ्नो मातापिता÷सासुससुराको नाममा स्थापना गरेको रामहरि–देवु युवा सम्मान–२०७९ का लागि साहित्यकार÷कवि छवि अनित्यको लागि प्रदान गर्ने निर्णय गरेको छ । यस वर्षदेखि प्रदान गर्न लागिएको सम्मानको राशी दश हजार रहेको छ ।
२०४४ सालमा स्थापना भएको संगमले हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा २०५९ सालदेखि पुष्पलाल स्मृति पुस्तकालय पनि सञ्चालन गर्दै आइरहेको छ । संगमको हेटौंडामा आफ्नै भवन समेत रहेको छ ।