नेपाल मोवाईल व्यवसायी महासंघ मधेस प्रदेशको तर्दथ समितिको अध्यक्षमा बारा मोवाईल व्यवसायी संघका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा २७ जनाको तदर्थ प्रदेश समिति गठन भएको छ । शनिबार महोत्तरीमा भएको प्रदेश भेलाले कार्कीको अध्यक्षतामा समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा सरेन्द्र कुमार शर्मा रहेका छन् भने सदस्यहरुमा रामहरि थापा मगर, महादेव शर्मा, शहुल कुमार साह, लालबाबु प्रसाद साह, लक्ष्मी दास, मह्मद हमिद रेजा, जीवन शिल्पकार, रमेश श्रेष्ठ, सुदीप भण्डारी, अनिलकुमार सिंह, राम सुदीश महत्तो, सुवासचन्द्र बानियाँ, मो.अली हुसेन, वीरेन्द्र प्रसाद गुप्ता, शशी भुषण शर्मा, रुप यादव, कृष्णा जयसवाल, इर्फान आलम, शिविन्द्र प्रसाद साह र सुशील प्रसाद साह रहेका छन् ।
महासंघका प्रदेश संयोजक लालबाबु साहको अध्यक्षता तथा महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईको प्रमुख आतिथ्यतामा सभा भएको थियो । तदर्थ समिति गठनका लागि महासंघका केन्द्रीय सदस्य एंव बागमती प्रदेश संयोजक छतेन्द्र आचार्यलाई निर्वाचन आयुक्त तोकिएको थियो ।