हेटौडा \ हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा वन डढेलो व्यवस्थापनका लागी सचेतना गोष्ठीको आयोजना गरिएको छ।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा रानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा मंगलवार भएको एक दिने वन डढेलो न्यूनीकरण तथा ब्यवस्थापन सम्वन्धि सचेतनामुलक गोष्ठीको आयोजना गरिएको हो। गोष्ठीमा सहभागिहरुले वनडढेलो मानव जीवनको लागि हानी हुने भएकाले सबैले मिलेर वनडढेलो नियन्त्रण गर्नु पर्नेमा जोड दिएका थिए।
हेटौडा उपमहानगरपालिका सामाजिक विकास अधिकृत भैरब बहादुर कुमालको प्रमुख आतिथ्यता एवम महासंघका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा वनजङगलमा डढेलो लाग्दा हुने नोक्सानी, वातावरणमा पर्ने प्रभाव, वनमा हुने विभिन्न प्रकारका जडीबुटी, वन्यजन्तु, चराचुरुङी, जैविक विविधतामा पुग्ने क्षेती, डढेलो लाग्दा कसरी नियन्त्रण गर्न सकिन्छ विषयहरुमा जानकारी गराईएको थियो । गोष्ठीमा वनडढ्लो लाग्दा निभाउने तरीका र डढेलो नियन्त्रणमा प्रयोग गर्ने सामाग्रीहरुको फिल्ड अभ्यास समेत गराईएको थियो ।
सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर देवेन्द्र सञ्जेल र सुन्दर सामुदायिक वनका पूर्व अध्यक्ष बुद्धि प्रसाद पौडेलले गोष्ठीमा सहजीकरण गर्नु भएको थियो । गोष्ठीमा रानी, चुच्चेखोला, अशोक, चित्रेपानी सामुदायिक वनका पदाधिकारी, महिला उपसमिति, सामुदायिक वनका कर्मचारी र सञ्चारकर्मी समेत गरि करिव ६० जनाको सहभागिता थियो ।