हेटौंडा \ मकवानपुर जिल्ला आदिवासी जनजाति युवा महासंघको अध्यक्षमा इन्द्र बहादुर मोक्तान चयन भएका छन् । मंगलवार बसेको जिल्ला भेलाले मोक्तानलाई सर्वसम्मत चयन गरेको हो ।
मोक्तानको नेतृत्वमा १७ जना कार्यसमिति चयन भएको छ । उपाध्यक्ष सानुमाया गुरुङ् ,आशिष थापा , लोकेन्द्र माझी चयन भएका छन् । यसैगरी , सचिवमा भुपेन्द्र राना मगर , सह-सचिवमा बुद्ध बराम, कोषाध्यक्षमा सुनिल खड्की चयन भएका छन् । यस्दै सदस्यहरुमा मनिता राना मगर, सुर्य अस्लामी मगर, युवराज लो, अरुण मोक्तान, ओम शंकर स्याङतान्, शुरज बाबु तितुङ, नमराज सिन्तान, गौरी तामाङ र छोइसाङ् स्याङ्तान चयन भएका छन् ।
आदिवासी जनजाति युवा महासंघ नेपालको केन्द्रिय प्रतिनिधि रोशन गोलेको सभाध्यक्षतामा भएको भेलामा जनजाति महासंघ नेपालको उपमहासचिव रामकृण ब्लोनको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलामा आदिवासी जनजाति महांघ बागमती प्रदेशका अध्यक्ष बिलाम मोक्तान , नेपाल तामाङ् युवा घेदुङ केन्द्रिय सदस्य राजकुमार गोले , नेपाल मगर संघ मकवानपुरका अध्यक्ष सन्देश तुम्सिङ मगर , लगायतको आथित्यता रहेको थियो ।