हेटौंडा \ ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार हेटौंडामा बृहत रक्तदान कार्यक्रम भएको छ । दिवसको मुल समारोह समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा ३ महिला सहित ३३ जना पुरुषले रक्तदान गरेका हुन् । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा मुल समारोह समितिका संयोजक तथा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
रक्तदान कार्यक्रमलाई प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले सहयोग गरेको थियो भने मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा र नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाको सहकार्यमा भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान संचालक बद्रीप्रसाद लम्साल, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, कृषि सहकारी संघ बागमती प्रदेश उपाध्यक्ष बिमला कार्की, मकवानपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, प्रदेश सहकारी बोर्डका अधिकृत पुरुषोत्तम मिश्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका सहायक अधिकृत विनिता विष्ठ, बचत संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, कोषाध्यक्ष विष्णुमाया लामा,लगायतको आतिथ्यता रहेको थियो ।
दिवसको अवसरमा भोली मानव सेवा आश्रमलाई फलफुल तथा खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।