हेटौंडा \ हेटौंडामा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख घलानले गर्भदेखी मृत्युवरण सम्म मानव अधिकार जोडिने विषय रहेकाले मानव अधिकारी मैत्री हुनुपर्नेमा जोड दिएका छन् । हामीलाई अन्य मैत्री भन्दापनि मानव अधिकारी मैत्री भयो भने समाज र राष्ट्रमा सवल पक्ष रहने बताए । दीगो विकास लिएर काम गर्न समितिनै निर्माण गरि कार्ययोजनाहरु कार्यान्वयन गरिनुपर्ने बताए ।
उनले कानुन कार्यान्वयनमा केही समस्या रहेता पनि बालविवाह, बहुविवाह, अपाङ्ग, एकल महिलाका क्षेत्रमा स्थानीय तहका सरकारले कार्ययोजना बनाई काम गरिनुपर्ने बताए । उनले कार्ययोजना बनाए पछि कार्यान्वयन गर्नुपर्ने नगरे त्यसको औचित्य नरहने समेत बताएका छन् ।
कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले मानव अधिकारका विषयमा स्थानीय तह सकरात्मक रहेको बताए । स्थानीय तहले मानव अधिकारका विभिन्न पक्ष बालबालिका, महिला, अपाङ्गता, एक महिलाका विषयमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको समेत बताए । मानव अधिकारका कार्ययोजनाहरु कार्यान्वयनको अवस्था आगामी दिनहरुमा अझ सुधार गर्दै लैजानुपर्ने बताए ।
औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको सहकार्यमा अन्तरक्रिया भएको थियो ।
इन्सेकका अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका वीर बहादुर खड्गी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका बविता कार्की, मुख्यमन्त्रि तथा मन्त्री परिषद् कार्यालयका सुदर्शन ढकाल, राष्ट्रिय मानव अधिकारी आयोग प्रदेशका लोकनाथ घिमिरे, जिल्ला बार ईकाइ मकवानपुरका अध्यक्ष अप्सरा बस्नेत, महिला मानव रक्षक संजालका मनकुमारी लामा, सिविन नेपालका झविन्द्र ज्ञवाली, बाल कल्याण सामाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडा, नेपाल मानव अधिकार संगठनका शर्मिला श्रेष्ठ, माइती नेपालका संयोजक माया लामा, फ्रेण्डस् हेटौंडाका संयोजक किरण थापा, राडो नेपालका दीपेन्द्र कुमार पाठक लगायत विभिन्न मानव अधिकार सम्बन्धी काम गर्ने संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।