हेटौंडा \ हेटौंडा २ मा रहेको वनस्खण्डी मन्दिर पर्यटन विकास समितिको २२ औं वार्षिक साधारणसभा शनिबार भएको छ । समितिका अध्यक्ष राममान श्रेष्ठको अध्यक्षता तथा हेटौंडा २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जनको प्रमुख अतिथ्यतामा सभा भएको हो ।
कार्यक्रममा संस्थागत प्रतिवेदन सचिव पवन कार्कीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजुराम राउतले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष विष्णुगोपाल महर्जनले वडामा विकास निर्माण र पर्यटकीय सम्भावनाका विभिन्न आयामहरु पहिल्याई काम गर्न सकिने अवस्था भएकोले आफू त्यसमा क्रियाशील रहेको बताए । उनले वन समूह र मन्दिर समितिबीच समन्वय तथा सहकार्य गरी कामहरु गर्दा उपयुक्त हुने विचार राखेका थिए ।
कार्यक्रममा अध्यक्ष राममान श्रेष्ठले कोभिडको कारणदुई वर्षको वार्षिक सभा एकै पटक गर्नुपरेको, बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरबाट बजेटको व्यवस्थापन भएकोले उक्त बजेटबाट आगामी ६ महिना भित्र मन्दिरको पूर्वाधार निर्माणसुधार सम्पन्न गर्ने योजना रहेको बताए ।
मन्दिर परिसरमा थप सरसफाई, दुव्र्यसन तथा असामाजिक गतिविधि निरुत्साहन जस्ता कार्यक्रमहरु गर्नुपर्ने प्रस्ताव गरिएको थियो ।
कार्यक्रममा वनस्खण्डी देवी सामुदायिक वन उपाभोक्ता समूहका अध्यक्ष भवसागर श्रेष्ठ, टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा २ का अध्यक्ष मनिषा घले, कुष्माण्ड सरोवर त्रिवेणीधामका उपाध्यक्ष कुमार पौडेल र वनस्खण्डी युवा क्लवका अध्यक्ष विक्रम बानिया लगायतको आतिथ्यता रहेको थियो ।