हेटौंडा \ नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर कार्यसमिति सदस्यमा मकवानपुरका उद्योगी कृष्ण कटुवाल विजयी भएका छन् । निर्वाचनबाट १८ जना जिल्ला नगर कार्यकारिणी सदस्य निर्वाचित भएका छन् ।
सदस्यहरुको अन्तिम नामावली सार्वजानिक भए सँगै मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका कटुवाल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
जिल्लानगरतर्फ विजयी भएका सदस्यहरुमा मोहन प्रसाद श्रेष्ठ (९१), प्रयास कार्की (८८), अमरेश चन्द्र बैदार (८१), ताराबहादुर कार्की (८१), नविन रिजाल (७९), उमेश डालमिया (७३), वेदबहादुर श्रेष्ठ (७२), उज्ज्वलप्रसाद कसजु (७२), अब्दुल वाहिद मन्सुर (७०), कल्पना गैरे (७०), किशोर कुमार आचार्य (६९), केशव प्रसाद भण्डारी (६७), कृष्ण कुटवाल (६७), पुष्पराज कुंवर (६६), अनिलकृष्ण श्रेष्ठ (६४), गोकुल श्रेष्ठ (६४), निरक के.सी (६३), लक्ष्मण राज पौडेल (६२) रहेका छन् ।