नयाँ बर्ष २०८० को अबसरमा शुक्रबार देखी प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र ‘बुलाकी’को हेटौडामा च्यारेटी शो गरीएको छ । मृगौला सम्बन्धि रोगबाट पीडित रामकृष्ण चेपाङ बचाउ अभियानका लागी रकम संकलनको लागी च्यारेटी शो गरीएको हो । सामाजिक एवम् राजनीतिक व्यक्तित्वका रुपमा परिचित चेपाङ राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का निवर्तमान वडा अध्यक्ष समेत हुन । उनी करिब एक वर्षदेखि मृगौला सम्बन्धि रोगबाट पीडित छन् । चेपाङको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले मृगौला ट्रान्सप्लान्ट गर्न नसकिरहेको अवस्थामा उनको सहयोगार्थका लागी ‘बुलाकी’ च्यारेटी गरीएको रामकृष्ण चेपाङ बचाउ अभियानका संयोजक शंकर न्यौपानेले बताए ।
चलचित्र लई हेटौडाका दर्शकहरुले मन पराएकाछन । उनिहरुले कर्णाली भेगको भेषभुसा र संस्कृतीलाई चलचित्र मार्फत हेर्न र बुझन पाएकोमा खुसी लागेको प्रतिकृया पदएकाछन् । अर्काको श्रीमती भगाएर बिबाह गरेपछी तिर्नुपर्ने जारीका बिषयमा चलचित्र ‘बुलाकी’ केन्द्रित रहेको छ । चलचित्र भित्र कर्णाली भित्रको यर्थात चित्रण गरीएको छ । नयाँ कथामा निर्माण भएको यो चलचित्र खस भाषामा बनाइएको छ । चलचित्रले कर्णलीको कथा बोलेको छ । यहाँ प्रचलनमा रहेको जारी प्रथामा आधारित चलचित्र श्रीमती भगाउदाको कष्ट र परम्परागत प्रचलनलाई देखाउन खोजिएको छ ।
हेटौडाका दर्शकहरुले खसभाषालाई निकै रमाईलो संग मनोरञ्जन लिएकाछन् । कलाकारहरुको अभिनय निकै राम्रो छ । निर्देशकिय पक्ष पनि निकै राम्रो छ । अभिनेत्री सुरक्षा पन्तले आफ्नो उत्कृष्ट अभियन पस्केकी छिन् । चलचित्रको कथामा रोमान्चकता दिन कमी देखिए पनी अब के होला भन्ने कौतुहल्ता चै बनाउछ । कर्णालीका पहाड भिरका दृष्ण्हरु आर्कषक देखिएका छन । चलचित्रमा राजबहादुर सानेको स्कृनप्ले निकै राम्रो छ । सिनेमेट्रोग्राफीको काम पनि प्रसंसायोग्य छ । हिमाली जिल्ला डोल्पामा खिचिएको गाँउ निकै आर्कषक छ । च्यारेटी शोमा हल फुल हाउस भएके हुदा यसको माउथ पब्लीसिटीले चलचित्रलाई थप दर्शक तान्न सहयोग पुग्ने देखिन्छ ।
च्यारेटीका लागी चलचित्र सहजीकरण र सहयोगी भूमिकामा कांग्रेसका क्षेत्रीय सभापति सुशान्त श्रेष्ठले गरेका थिए । श्रेष्ठले यो चलचित्र निर्माण पक्षले बिना पैसा सहयोग गरेकोमा धन्यबाद दिएकाछन । चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन । ओम्याक्स सिनेमा हलमा प्रर्दशन भएको यो चलचित्र च्यारेटीबाट हेटौडामा आठ लाख रुपैयाँ संकलन हुने संयोजक न्यौपानेले बताएकाछन् । उठेको रकममा बहायेक दुई लाख थप गरी दश लाख रुपैयाँ चेपाङलाई प्रदान गरीने योजना रहेको न्यौपानेले बताए ।
चलचित्रलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन भने नारीप्रधान यो चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त र विराज विष्टका साथमा रमेश बुढाथोकी, प्रकाश कंडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीले अभिनय गरेका छन् ।